Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

images

इच्छाकामना न्युज

११, कार्तिक २०८२
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
images

काठमाडौँ । देशमा हाल पश्चिमी वायुको सक्रियता र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रणालीको प्रभावले देशभर सामान्य बदली कायम रहँदा केही स्थानहरूमा वर्षा भइरहेको छ।

महाशाखाका अनुसार गण्डकी र बागमती प्रदेशका केही भागमा अहिले छिटपुट वर्षा भइरहेको छ। दिउँसोतिर गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी पहाडी भूभागमा आकाश सामान्यतया बदली रहनेछ भने तराईका अधिकांश भागमा आंशिक बदली मात्र रहने अनुमान गरिएको छ।

यस अवधिमा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै, बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही ठाउँमा पनि यस्तै मौसम देखिन सक्ने महाशाखाले बताएको छ। विशेषगरी गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा भने भारी वर्षासहित हिमपात हुने सम्भावना रहेको चेतावनी दिइएको छ।

आज राति पनि देशको मध्य र पश्चिमी भागमा बादलको प्रभाव कायम रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना जारी रहने महाशाखाको भनाइ छ।

गण्डकी प्रदेशका उच्च पहाडी क्षेत्रमा भारी हिमपात हुन सक्ने पूर्वानुमान भएकाले त्यहाँको जनजीवन, पर्वतारोहण, कृषि र पर्यटन गतिविधिमा असर पर्ने चेतावनी दिँदै महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

images
प्रकाशित मिति :कार्तिक ११, २०८२ मंगलवार - ०७:५५:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology