Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

मोडल आँचल नाथको आत्महत्या दुरुत्साहनमा ५ जनाविरुद्ध मुद्दा दर्ता

मोडल आँचल नाथको आत्महत्या दुरुत्साहनमा ५ जनाविरुद्ध मुद्दा दर्ता

images

इच्छाकामना न्युज

३, कार्तिक २०८२
मोडल आँचल नाथको आत्महत्या दुरुत्साहनमा ५ जनाविरुद्ध मुद्दा दर्ता
images

काठमाडौं । मोडल तथा टिकटककर आँचल नाथको मृत्यु प्रकरणमा पाँच जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको छ । प्रहरी अनुसन्धानको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

प्रतिवादीहरुमा दैलेखका २६ वर्षीय सन्जु विक, रुकुमकी उर्मिला विक, सिन्धुपाल्चोककी २६ वर्षीया सरस्वती भण्डारी, कैलालीकी २२ वर्षीया राजेश बुढा र लक्ष्मी बुढा छन् । सञ्जु विक मात्रै पक्राउ परेका छन्, बाँकी चार जनालाई फरार प्रतिवादी बनाइएको छ । उनीहरूविरुद्ध पाँच वर्षसम्म कैदको माग गरिएको छ ।

२१ वर्षीया नाथ भक्तपुरको थिमिमा बस्दै आएकी थिइन् र टिकटकमार्फत प्रतिवादीहरूसँग चिनजान भएको थियो । विवादपछि धम्की आएको दाबी नाथका काकाले प्रहरीमा जाहेरी दिएका थिए ।

९ असोजमा पेट्रोल छर्केर आगो लगाएर नाथ गंभीर घाइते भइ सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका लागि लगिएकी थिइन् । ११ असोजमा उनको मृत्यु भएको थियो ।

अनुसन्धानपछि प्रहरीले धम्की दिनेहरूमाथि आत्महत्या दुरुत्साहनको मुद्दा चलाउने सिफारिस गरेको थियो ।

 

 

images
प्रकाशित मिति :कार्तिक ३, २०८२ सोमवार - १३:०६:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology