Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

विश्‍व घटना : रकेटले समात्यो स्टारसिप

विश्‍व घटना : रकेटले समात्यो स्टारसिप

इच्छाकामना न्युज

२७, आश्विन २०८२
विश्‍व घटना : रकेटले समात्यो स्टारसिप
images

काठमाडौं । आज १३ अक्टोबर। विश्‍व इतिहासका विभिन्‍न घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।

images
images
– सन् २०१२- मौरिटानियाका राष्‍‍ट्रपतिमाथि गोली प्रहार

उत्तर-पश्‍चिमी अफ्रिकी मुलुक मौरिटानियाका राष्‍‍ट्रपति मोहमेद ओल्ड अब्देल अजिजमाथि आजकै दिन गोली प्रहार भएको थियो। उनीमाथि त्रुटिवस सेनाको गोली लागेको बताइएको थियो। उनी त्यसबाट घाइते भएका थिए।

 

– सन् २०१०- खानीमा फसेका चिलीका मजदुरको ६९ दिनपछि उद्धार

चिलीको सानजोसेस्थित तामा खानीमा फसेका एक मजदुरलाई ६९ दिनपछि उद्धार गरिएको थियो। ५ अगस्टदेखि उद्धार प्रयास आजको दिन मात्र सफल भएको थियो। १२१ वर्ष पुरानो खानीको पर्खाल ढलेर ३३ जना श्रमिक पुरिएका थिए। उनीहरूलाई बचाउन चिली सरकारले अन्तर्राष्‍‍ट्रीय समुदाय नै गुहार्नुपरेको थियो।

– सन् १७९२- ह्वाइट हाउसको निर्माण शुरु

अमेरिकी राष्‍‍ट्रपतिको सरकारी आवास ह्वाइट हाउसको निर्माण आजकै दिन शुरु भएको थियो। उक्त सरकारी आवासको डिजाइन आइरिस आर्किटेक्ट जेम्स होबानले गरेका हुन्। निर्माण शुरु भएको ८ वर्षपछि मात्र उक्त भवन बस्‍नका लागि तयार भएको थियो। अमेरिकाका दोस्रो राष्‍‍ट्रपति जोन एडम्स उक्त भवनमा बस्‍ने पहिलो राष्‍‍ट्रपति बनेका थिए।

– सन् १७७३- पहिलो स्पाइरल आकाशगंगाको खोजी

फ्रान्सका खगोलशास्त्री चार्ल्स मेसियरले ह्विर्लपुल आकाशगंगाको खोजी गरेका हुन्। त्यसलाई ‘मेरियर ५१ ए’ नाम दिइएको थियो। यो पृथ्वीबाट ३ करोड प्रकाश वर्ष टाढा पर्छ। स्पाइरल आकाशगंगा ताराहरू, ग्यास र अन्य ब्रह्माण्डीय धुलोका कणहरूको एक केन्द्रीय उभार हो। ती ब्रह्माण्डीय वस्तु घुमिरहेको देखिने भएकाले त्यसलाई स्पाइरल आकाशगंगा भन्‍ने गरिएको हो। खगोलविदहरूको भनाइमा उक्त आकाशगंगाको केन्द्रमा एक ब्ल्याक होल छ।

– सन् २०१८- पोल्यान्डमा १ लाख १५ हजार वर्ष पुरानो मानव अवशेष

सन् २०१८ मा आजकै दिन पोल्यान्डमा हालसम्मको ज्ञात सबैभन्दा पुरानो मानव अवशेष फेला परेको घोषणा गरिएको थियो। उक्त मानव अवशेष १ लाख १५ हजार वर्ष पुरानो रहेको वैज्ञानिक परीक्षणमा खुलेको थियो। त्यो एक नियान्डरथल मानवको बच्चाको अवशेष थियो, जसलाई एक ठूलो पक्षीले खाएको थियो।

– सन् २०१३- मध्यप्रदेशमा भागदौडमा मारिए ११५

भारतको मध्यप्रदेशमा आजकै दिन भएको भागदौडमा परी ११५ जनाको ज्यान गएको थियो। मध्यप्रदेशको डाटिया जिल्लास्थित एक पुलमा भागदौड मच्चिएको थियो। घटनामा अन्य ११० जना घाइते भएका थिए।

– सन् २०२४- रकेटले समात्यो स्टारसिप

सन् २०२४ मा आजकै दिन स्पेसएक्सको रकेटको पहिलो रिकोभरी पूरा भएको थियो। अमेरिकाको टेक्सासस्थित ब्राउन्सभिले नजिकको एक परीक्षण उडानमा रकेट बुस्टरका यान्त्रिक हातहरूको एक विशाल जोडीले स्टारसिपलाई समात्‍न सफलता मिलेको थियो।

– सन् २०२१- विश्‍वकै अग्ली महिला

सन् २०२१ मा आजकै दिन टर्कीकी रुमिसा गेल्गी नामक युवतीलाई विश्‍वकै अग्ली महिला घोषित गरिएको थियो। उनी ७ फिट ७ इन्च अग्ली छन्।

images
प्रकाशित मिति :आश्विन २७, २०८२ सोमवार - ०९:१४:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology