काठमाडौं । भदौ २३–२४ को जेन्जी आन्दोलनमा मध्य नेपाल प्रहरीले प्रयोग गर्ने ११ सयभन्दा बढी हतियार लुटिएको थियो । तीमध्ये तीन सयभन्दा बढी फिर्ता भएका वा बरामद गरिएका छन्, तर अझै ८ सयभन्दा बढी हतियार गायब छन् ।
प्रहरी प्रधान कार्यालयका अधिकारीका अनुसार हतियार फेला पार्न समिति गठन गरी खोजी जारी छ । लुटपाटका क्रममा केही हतियार नेपाली सेनाले बरामद गरेको थियो भने केही व्यक्तिलाई पक्राउ पनि गरिएको थियो ।
प्रदर्शनकारीहरूले प्रहरीका हतियार बोकेर हिंडेका, प्रहरीलाई आत्मसमर्पण गर्न लगाएका र बर्दी तथा हतियार फुकाल्न बाध्य पारेका थिए । प्रहरी वृत्त महाराजगञ्जका दुई र कोटेश्वरका एक प्रहरी भने आन्दोलनमा ज्यान गुमाएका थिए, केही भागेर वा आत्मसमर्पण गरेर ज्यान बचाएका थिए ।