Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

हाँडीगाउँको जात्रा सुरु

हाँडीगाउँको जात्रा सुरु

इच्छाकामना न्युज

२३, आश्विन २०८२
हाँडीगाउँको जात्रा सुरु
images

काठमाडौँ । ब्रह्मा, विष्णु र महेश्वर भगवान्को पूजाआराधना गरी टोल टोलमा रथ (खट) घुमाएर बुधबार हाँडीगाउँको जात्रा मनाइएको छ । विशेष प्रकारको फूल र रथ परिक्रमा गरिने छुट्टै मौलिकता र विशेष पहिचान बोकेको हाँडीगाउँको जात्रा प्रत्येक वर्षको बडादसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्ट हाँडीगाउँमा मनाइँदै आएको छ ।

images
images

विश्वकर्माले बनाएका यी त्रिदेवको एकै पटक दर्शन र पूजाका साथै जात्राको दर्शन गर्नाले घरमा महालक्ष्मीको बास र मनोकामना पूरा हुने जनविश्वास रहेको स्थानीय कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँले कोजाग्रत पूर्णिमाको दिन मूर्तिहरू बाहिर निकालेपछि औपचारिक रूपमा जात्रा सुरु हुने बताउनुभयो ।

तीन दिनसम्म मनाउने जात्रामा निकालिएका तीन वटा रथलाई नगर परिक्रमा गराउँदा स्थानीयले पूजा तथा स्वागत गर्ने चलन छ साथै रथ सजाउन प्रयोग भएको मैनको बासनादार फूल रथको गजुर घुमाउँदा खस्ने हुँदा फूल टिप्नेको भिड हुने गर्दछ । यो फूललाई प्रसूति पीडामा रहेकी महिलालाई सुघाउँदा पीडा कम हुने विश्वास गरिन्छ ।

सत्यनारायणलाई खुसी पार्न मनाइने भएकाले स्थानीय यसलाई ‘सत्यनाराणको जात्रा’ का रूपमा मनाउँछन् । अन्य जात्राको तुलनामा सबै कुरा उल्टो भएकाले यस जात्रालाई कहीँ नभएको जात्राका रूपमा चिन्ने गरेको स्थानीय बाबुराम महर्जनले बताउनुभयो । उहाँले जात्राका क्रममा ब्रह्मा, विष्णु र महेश्वरको तीन वटा रथलाई टोल टोल परिक्रमा गराइने जानकारी दिँदै भन्नुभयो,  “यसरी परिक्रमा गराइने तीन वटा रथ उल्टो हुन्छ ।” 

एउटी महिला गर्भधारण गरेर पनि १२ वर्षसम्म सुत्केरी नभएपछि हिमालय पर्वतमा गई नारायणको आराधना गरेको किंवदन्ती पाइन्छ । नारायणलाई आफूले कहीँ नभएको जात्रा देखाउने भनेर खुसी पारी सुत्केरी भएकाले यो जात्रा मनाउन थालेको भन्ने विश्वास रहेको छ । सो महिलाले नारायणलाई खुसी पारी आफ्नो मनोकामना पूरा गरेपछि काठमाडौँको हरिगाउँ (हाँडीगाउँ) मा आएर यो जात्रा सुरु गरेको भन्ने विश्वास छ ।

images
प्रकाशित मिति :आश्विन २३, २०८२ बिहिवार - ०९:३७:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology