Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेपाल टी-२० विश्वकपमा छनोट भए ५१ लाख पुरस्कार दिने अर्नाको घोषणा

नेपाल टी-२० विश्वकपमा छनोट भए ५१ लाख पुरस्कार दिने अर्नाको घोषणा

इच्छाकामना न्युज

२३, आश्विन २०८२
नेपाल टी-२० विश्वकपमा छनोट भए ५१ लाख पुरस्कार दिने अर्नाको घोषणा
images

काठमाडौं । नेपालको लोकप्रिय ब्रान्ड अर्नाले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई टी-२० विश्वकपका लागि छनोट भएमा ठूलो आर्थिक सहयोगको घोषणा गरेको छ।

images
images

अर्नाले जारी गरेको विज्ञप्तिअनुसार, यदि टीम नेपाल टी-२० वर्ल्ड कपको लागि छनोट भएमा रु ५१ लाखको नगद पुरस्कार टोलीलाई प्रदान गरिनेछ।

यो पुरस्कारका अतिरिक्त, नेपालमा क्रिकेटको पूर्वाधार विकासलाई टेवा पुर्‍याउनका लागि अरनाको मातृ संस्था यती ब्रुअरी को सीएसआर कोषमार्फत नेपाल क्रिकेट संघ (क्यान)लाई थप रु ५१ लाख उपलब्ध गराइने पनि घोषणा गरिएको छ।

अर्नाले यस पहललाई नेपाल क्रिकेटको उज्ज्वल भविष्य सुनिश्चित गर्ने प्रयासको रूपमा लिएको छ। कम्पनीले टी-२० वर्ल्ड कप क्वालिफायरमा सहभागी हुँदै गरेको नेपाली टोलीलाई पूर्ण रूपमा समर्थन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

नेपालले कुवेतलाई ५८ रनले पराजित गर्दै विजयी सुरुवात गरिसकेकाे छ । ९ टोली सहभागी छनोटमा शीर्ष ३ मा रहन सके नेपालले अर्को वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा स्थान बनाउनेछ ।

images
प्रकाशित मिति :आश्विन २३, २०८२ बिहिवार - ०८:५७:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology