Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

गैँडा मुद्दाका कैदीबन्दी भाग्दा संरक्षणमा चुनौती

गैँडा मुद्दाका कैदीबन्दी भाग्दा संरक्षणमा चुनौती

images

इच्छाकामना न्युज

११, आश्विन २०८२
गैँडा मुद्दाका कैदीबन्दी भाग्दा संरक्षणमा चुनौती
images

चितवन । भरतपुर । चाडपर्वको समयमा चितवन राष्ट्रिय निकुञ्जभित्र अपराधिक क्रियाकलाप बढी हुने गरेको तथ्यांक छ । त्यसमाथि यतिखेर गैँडासँग सम्बन्धीत रहेका कैदीबन्दी फरार भएको हुँदा संरक्षणमा चुनौती थपिएको चितवन राष्ट्रिय निकुञ्जको निष्कर्ष छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले अपराधिक समूह बाहिर हुँदा चोरी सिकारी हुने सम्भावना बढी रहेको बताए । ‘अहिले सजाय पाएका कैदीबन्दी बाहिर छन् । उनीहरु फेरी सलबलाउन सक्छन्,’ डा पन्तले भने ‘यसलाई मध्यनजर गर्दैै हामीले सुरक्षालाई कडाइ गरेका छौँ ।’ चितवनको भरतपुर कारागारमा गैँडासँग सम्बन्धीत मुद्दाका ४८ कैदीबन्दी थिए ।

जेनजी आन्दोलनको मौका छोपेर भदौ २५ गते बिहान सबै कैदीबन्दी भागेका थिए । उनीहरुमध्ये १४ जना कैदीबन्दी फर्किएका छैनन् । संवेदनशील अवस्थालाई बुझेर सुरक्षाका लागि पूर्व तयारी गरिरहेको उहाँले बताउनुभयो । अहिले जिप सफारीका लागि निकुञ्ज खुलाउने तयारी गरिएको छ । फूलपातीअघि जिप सफारीका लागि अनुमति दिने गरी काम भइरहेको उनले बताए ।
त्यसका लागि जिप दर्ता गर्न थालिएको उनले बताए । ‘गत साल सञ्चालन भएका जिपलाई मात्र यस वर्ष नवीकरण गरिँदैछ’, उहाँले भन्नुभयो, ‘यहाँको सुरक्षालाई व्यवस्थित गरेर निकुञ्ज खुलाउँछौँ ।’

असार १६ गतेदेखि जिप सफारी बन्द गरिएको थियो । निकुञ्जभित्र सौराहाबाट ३२, कसराबाट १६, मेघौलीबाट नौ जिप सञ्चालन हुने गर्दछन् । यस्तै उजौलीबाट दुई, अमलटारीबाट पाँच र माडीबाट एउटा जिपले निकुञ्जभित्र सफारी गर्ने गर्दछन् ।

चितवन प्रशासनले सूचना निकालेर कारागारबाट बाहिरिएका सबै कैदीबन्दीलाई तत्काल फिर्ता हुन निर्देशन दिएको थियो । त्यसयता ५६२ जना कैदीबन्दी फर्किएका छन् । तर वन्यजन्तु, लागुऔषध, कर्तव्य ज्यान, सहकारी ठगी सम्बन्धीका अधिकांश व्यक्तिहरु नर्फिएको भरतपुर कारागारका प्रमुख रवीन्द्र ढुंगानाले जानकारी दिनुभयो । उहाँका अनुसार १८२ जना फिर्ता हुन बाँकी छन् । यहाँबाट ७४४ जना कैदीबन्दी भागेका थिए ।

 
 

images
प्रकाशित मिति :आश्विन ११, २०८२ शनिवार - १४:२८:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology