Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

देशभर वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी भू-भागमा भारी वर्षाको चेतावनी

देशभर वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी भू-भागमा भारी वर्षाको चेतावनी

images

इच्छाकामना न्युज

८, आश्विन २०८२
देशभर वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी भू-भागमा भारी वर्षाको चेतावनी
images

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशभर साधारणतया बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा भारी वर्षाको चेतावनी दिइएको छ।

महाशाखाद्वारा जारी पूर्वानुमान अनुसार, आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुनेछ। त्यस्तै, लुम्बिनी प्रदेश र बाँकी पहाडी क्षेत्रका थोरै स्थानमा तथा तराईका एक-दुई स्थानमा पनि वर्षाको सम्भावना छ।

आज राति देशको पहाडी भू-भागमा मौसम सामान्यतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली हुनेछ। रातिको समयमा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा र तराईका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाले भारी वर्षा हुन सक्ने प्रदेशहरूका पहाडी क्षेत्रमा पहिरो तथा आकस्मिक बाढीको जोखिम रहन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।

images
प्रकाशित मिति :आश्विन ८, २०८२ बुधवार - ०८:३८:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology