Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

संविधान दिवसको दिन इच्छाकामना गाउँपालिकाद्वारा अस्पतालका बिरामीलाई फलफुल वितरण

संविधान दिवसको दिन इच्छाकामना गाउँपालिकाद्वारा अस्पतालका बिरामीलाई फलफुल वितरण

इच्छाकामना न्युज

३, आश्विन २०८२
संविधान दिवसको दिन इच्छाकामना गाउँपालिकाद्वारा अस्पतालका बिरामीलाई फलफुल वितरण

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाले संविधान दिवस विशेष ढंगले मनाएको छ। गाउँपालिकाले संविधान दिवसको अवसरमा इच्छाकामना आधारभूत अस्पतालमा उपचाररत विरामीहरुलाई फलफुल वितरण गर्दै दिवस मनाएको हो।

images

संविधान दिवसका अवसरमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल, गाउँपालिका प्रवक्ता तथा वडा नं. ३ का वडाध्यक्ष नर बहादुर नेपाल, वडा नं. ४ का वडाध्यक्ष रुद्र प्रसाद उप्रेती लगायत अन्य जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले  अस्पतालमा उपचार गरिरहेका नागरिकहरूलाई थोरै भएपनि आत्मबल र  उर्जा मिलोस भन्ने उदेश्यले विरामीहरुसँग भेटघाट तथा फलफुल वितरण गरि संविधान दिवस मनाइएको बताउनुभयो । संविधान दिवसलाई जनमुखी कार्यक्रममार्फत मनाउनुपर्ने उहाँको भनाई छ । फलफुल वितरणबाट उपचाररत विरामीहरू समेत खुशी देखिएका थिए।

images
प्रकाशित मिति :आश्विन ३, २०८२ शुक्रवार - १५:२९:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology