Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

रूसमा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

रूसमा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

images

एजेन्सी

३, आश्विन २०८२
रूसमा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
images

काठमाडौं । रूसको पूर्वी तटमा अवस्थित कामचटका प्रायद्वीपमा बिहीबार शक्तिशाली भूकम्प गएको छ ।  ७.८ म्याग्निच्युडको भूकम्प गएको यूएस जियोलोजिकल सर्भेले जानकारी दिएको छ । भूकम्पका कारण सुनामीको चेतावनी जारी गरिएको छ । 

यसअघि गत शनिबार पनि यस क्षेत्रमा भूकम्पको तीव्र धक्का महसुस गरिएको थियो । त्यस दिन कामचटका प्रायद्वीपको पूर्वी तटनजिक ७.१ म्याग्निच्युडको भूकम्प आएको थियो ।

एनसीएसका अनुसार, त्यो भूकम्प बिहान ८ बजेर ७ मिनेटमा आएको थियो र यसको केन्द्र जमिनको ६० किलोमिटर गहिराइमा थियो ।

यूएसजीएसका अनुसार शुक्रबार बिहान ७.८ म्याग्निच्युडको भूकम्प आएको थियो । यसको केन्द्र रूसको पेट्रोपाव्लोभ्स्क–कामचत्स्कीमा १० किलोमिटरको गहिराइमा थियो । यसलाई लिएर अमेरिकी राष्ट्रिय मौसम सेवाको हवाईस्थित प्रशान्त सुनामी चेतावनी केन्द्रले भूकम्पपछि सुनामीको चेतावनी जारी गरेको छ । 

भूकम्पपछि स्थानीय प्रशासनले तटीय क्षेत्रमा बस्ने मानिसहरूका लागि अलर्ट जारी गरेको छ । मानिसहरूलाई सतर्क रहन र अग्लो ठाउँमा जान सल्लाह दिइएको छ ।

कामचटकाका गभर्नरले पनि यस बारेमा उनले हालसम्म कुनै ठूलो क्षति वा हताहतिको खबर नभएको बताएका छन् । तर, उद्धारकर्मीहरूलाई पूर्णरूपमा तयार रहन निर्देशन दिइएको छ । 

यो भूकम्प त्यही क्षेत्रमा आएको हो, जहाँ जुलाईमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएको थियो । त्यसपछि सम्पूर्ण प्रशान्त क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको थियो । 

images
प्रकाशित मिति :आश्विन ३, २०८२ शुक्रवार - ०९:१९:२७ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology