Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

जेन-जी आन्दोलन : एमाले उपाध्यक्ष पौडेलद्वारा क्षमायाचना, निष्पक्ष छानबिनको माग

जेन-जी आन्दोलन : एमाले उपाध्यक्ष पौडेलद्वारा क्षमायाचना, निष्पक्ष छानबिनको माग

images

इच्छाकामना न्युज

३, आश्विन २०८२
जेन-जी आन्दोलन : एमाले उपाध्यक्ष पौडेलद्वारा क्षमायाचना, निष्पक्ष छानबिनको माग
images

काठमाण्डौ । जेन-जी आन्दोलनलाई लिएर नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले क्षमायाचना गरेका छन्। संविधान दिवसको अवसरमा विगतमा नेकपा (एमाले) ले गरेका निर्णय र तिनका परिणामको गम्भीर समीक्षा हुने बताउँदै व्यक्तिगत रूपमा आफ्ना गल्ती, कमजोरी र भूलप्रति उनले माफी मागेका हुन्। 

पत्रमा उनले जेन-जी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार र आफन्तप्रति समवेदना व्यक्त समेत गरेका छन्। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठित मन्त्रिपरिषद्प्रति शान्ति, सुशासन, भ्रष्टाचार नियन्त्रण, पुनर्निर्माण र तोकिएको मितिमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने अपेक्षा पनि गरेका छन्।  

उपाध्यक्ष पौडेलले जेन-जी आन्दोलनका क्रममा भएको हिंसा, हत्या, तोडफोड र आगजनीको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनअनुसार कारबाही गर्न र क्षतिग्रस्त सार्वजनिक तथा निजी संरचनाको यथाशीघ्र पुनर्निर्माण गर्न सरकारसँग माग गरेका छन्। 

उनले आन्दोलनका मुख्य कारणहरूमा युवा पुस्ताको आकांक्षा, असन्तुष्टि र आक्रोशलाई सम्बोधन गर्न नसक्नु, भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवाप्रवाहमा सुधार हुन नसक्नु रहेको उल्लेख गरे। यद्यपि, आन्दोलनमा भएको हिंसा, तोडफोड र आगजनीलाई उनले निन्दनीय भनेका छन्।  

उनले पार्टीले अब जनता, विशेषगरी युवा पुस्तासँग एकाकार भई नीति निर्माण र नेतृत्वमा युवाशक्तिको निर्णायक योगदान सुनिश्चित गर्ने, संगठन, कार्यशैली र आचरणमा परिवर्तन गर्दै गतिशील र परिवर्तनको संवाहक शक्तिको रूपमा स्थापित हुने विश्वास व्यक्त गरे।  

संविधान दिवसको ऐतिहासिक अवसरमा विगतका अनुभवबाट शिक्षा लिँदै संविधानको रक्षा, प्रयोग र विकासका लागि सबै नेपालीले योगदान दिनुपर्नेमा उनले जोड दिए। आपसी सद्भाव र एकताका साथ विकास, समृद्धि र सामाजिक न्यायको दिशामा प्रभावकारी रूपमा अघि बढ्न सकियोस् भन्दै उनले सबैमा संविधान दिवसको हार्दिक शुभकामना व्यक्त गरेका छन्। 

No description available.

images
प्रकाशित मिति :आश्विन ३, २०८२ शुक्रवार - ०८:५६:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology