Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

यातायात विभाग खरानी भएसी लाइसेन्स छपाइ र वितरण अनिश्चितकालका लागि बन्द

यातायात विभाग खरानी भएसी लाइसेन्स छपाइ र वितरण अनिश्चितकालका लागि बन्द

images

इच्छाकामना न्युज

२९, भाद्र २०८२
यातायात विभाग खरानी भएसी लाइसेन्स छपाइ र वितरण अनिश्चितकालका लागि बन्द
images

काठमाडौं । ‘जेनजी’ प्रदर्शनमा क्रममा यातायात व्यवस्था विभागमा पनि आगजनी भएको छ । विभागले आइतबार (भदौ २९) एक सूचना जारी गर्दै तोडफोड, आगजनी तथा लुटपाटबाट विभागको इलेक्ट्रोनिक उपकरण, छपाइ मेसिन तथा सर्भरमा क्षति पुगेको जनाएको छ । जसका कारण अनिश्चितकालका लागि सवारी लाइसेन्स छपाइ बन्द भएको जनाएको छ ।

विभागद्वारा जारी सूचनामा भनिएको छ, “सवारी चालक अनुमतिपत्र तथा विद्युतीय सवारीसाधन दर्तासम्बन्धी सेवा अवरुद्ध हुन पुगेको विषम परिस्थितिमा अर्को सूचना नभएसम्मको लागि सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरण लगायतका सूचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली बन्द रहने व्यहोरा जानकारीका लागि अनुरोध छ ।”

अर्को सूचना जारी नभएसम्मका लागि सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरण लगायतको सूचना प्रविधिसम्बन्धी सबै प्रणाली बन्द हुने विभागले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र २९, २०८२ आइतवार - १७:५४:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology