काठमाडौँ । जेनजीजका विषयमा भइरहेको विवाद लगायतका विषयमा हामी नेपाली नामक संस्थाले रिपोटर्स क्लबमा आयोजना गरेको पत्रकार सम्मेलनमा कुटाकुट भएको छ ।
आइतबारको पत्रकार सम्मेलनका क्रममा हामी नेपाल नामक संस्थाका सुदन गुरुङले धारणा राखिरहँदा विवाद भएको थियो । पत्रकार सम्मेलनमा उपस्थित भएका केही युवाहरूले सञ्चारकर्मीसँग विवाद र हातपात गरेपछि कुटाकुटको अवस्था आएको हो ।
प्रेसमिटको दौरानमा एक पत्रकारले सोधेको प्रश्नलाई लिएर विवाद सुरु भएको हो । ‘पत्रकारले ७० वर्षका ‘बा’लाई हटाएर ७३ वर्षकी ‘आमा’लाई ल्याउँदा परिवर्तन के भयो ?’ भनेर प्रश्न गर्दा गुरुङ आक्रोशित भएका थिए ।
जवाफ फर्काउँदै उनले भनेका थिए– ‘८० वर्षको नेपाल परिवर्तन भएको छैन ? तपाईं के कुरा गर्नुहुन्छ ?’