Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

इच्छाकामना गाउँपालिकाको सेवा अनिश्चितकालसम्म बन्द, दशैंमा ज्येष्ठ नागरिकले भत्ता नपाउने

इच्छाकामना गाउँपालिकाको सेवा अनिश्चितकालसम्म बन्द, दशैंमा ज्येष्ठ नागरिकले भत्ता नपाउने

इच्छाकामना न्युज

२९, भाद्र २०८२
इच्छाकामना गाउँपालिकाको सेवा अनिश्चितकालसम्म बन्द, दशैंमा ज्येष्ठ नागरिकले भत्ता नपाउने
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाको सेवा अनिश्चितकालसम्मको लागि बन्द भएको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको नाममा अराजक समूहले तोडफोड र आगजनी गरेपछि कार्यालयको सम्पूर्ण सेवा अवरुद्ध हुन पुगेको हो । पालिकाले आज एक सूचना जारी गर्दै सेवा बन्द भएको जानकारी समेत दिएको छ । 

images
images

आन्दोलनमा परि गाउँपालिकाको सम्पूर्ण शाखाहरु तहसनहस भएकोले तत्काल सेवा सुरु गर्ने अवस्था नरहेपछि अनिश्चितकालसम्मको लागि पालिकाले सेवा बन्द गर्नुपरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार दशैं अघि कार्यालय संचालन गर्ने अवस्था छैन । 

आन्दोलनकारीले गाउँपालिकाको ६ वटा सवारी साधन, मूख्य प्रशासकीय भवन, वडा नं. २ र ४ को कार्यालय भवनमा आगजनी र तोडफोड गरेको थियो । उक्त घटनाबाट गाउँपालिकाको करिब ५ करोड रुपैयाँ क्षति भएको प्रारम्भिक अनुमान रहेको छ । 

कार्यालयको सेवा अवरुद्ध भएसँगै हरेक वर्षको दशैंमा बाडिदै आएको ज्येष्ठ नागरिकहरुको सामाजिक सुरक्षा भत्ता समेत रोकिएको छ । जसको कारण भत्ता आएर दशैं मनाउने तयारीमा रहेका हज्जारौ वृद्वाहरुको खुशी खोसिएको छ । कार्यालयले दिइने अत्यावश्यक सेवा समेत दिन कठिनाई हुदाँ सर्वसाधारण नागरिक मर्कामा परेका छन् ।

547218545_1790603301547627_8509169357128066339_n.jpg

images
प्रकाशित मिति :भाद्र २९, २०८२ आइतवार - १६:४०:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology