Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

सामाजिक सञ्जालमा फर्किए एमाले नेता शंकर पोखरेल, भने- संयमित बनौँ, हामी फेरी उठ्नेछौँ

सामाजिक सञ्जालमा फर्किए एमाले नेता शंकर पोखरेल, भने- संयमित बनौँ, हामी फेरी उठ्नेछौँ

images

इच्छाकामना न्युज

२५, भाद्र २०८२
सामाजिक सञ्जालमा फर्किए एमाले नेता शंकर पोखरेल, भने- संयमित बनौँ, हामी फेरी उठ्नेछौँ
images

काठमाण्डौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत आफ्नो भावना पोखेका छन् । उनले सबैलाई धैर्य रहन पनि आग्रह गरेका छन् । 

 

महासचिव पोखरेलले अहिलेको यो अवस्थाबाट आफूहरूफेरि उठ्ने पनि उल्लेख गरेका छन् । जेनजीको आन्दोलन पछि कयौँ नेताहरू सामाजिक सञ्जालमा समेत भेटिएका छैनन् । 

यस्तो छ पोखरलेको स्ट्याटस 

आँधी र हुरी नचलेको बेला
वातावरण स्तब्ध र शान्त भएको घडीमा
एउटा नर्कट पनि
छाती खोलेर ठिङ्ग उभिन सक्छ
एउटा कायरले पनि
बहादुरीका लामालामा कुरा गर्न सक्छ

 

तर मेरा मित्र
आँधी र हुरी चलिरहेको बेलामा
वातावरण गतिशील र अशान्त भएको घडीमा
पहाडको चुचुरोमाथि
आँधी र हुरीसँग पौठेजोरी खेल्दै
एउटा सतिसाल मात्र ठिङ्ग उभिन सक्छ ।
  - नेत्रलाल अभागी

धैर्य गरौ, 
संयमित बनौ,
हामी फेरी उठ्ने छौ । 

images
प्रकाशित मिति :भाद्र २५, २०८२ बुधवार - ०९:४२:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology