Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

रातभर यसरी जलिरह्यो सिंहदरबार

रातभर यसरी जलिरह्यो सिंहदरबार

images

इच्छाकामना न्युज

२५, भाद्र २०८२
रातभर यसरी जलिरह्यो सिंहदरबार
images

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा मंगलबार लगाइएको आगो अझै निभेको छैन । बुधबार बिहानसम्म पनि सिंहदरबारमा आगो बलिरहेको छ । रातभर सिंहदरबार जलिरह्यो ।

सिंहदरबार भित्र प्रवेश गर्न नेपाली सेनाले रोक लगाएको छ । अहिले नेपाली सेनाले सिंहदरबार कब्जा गरेको छ । सिंहदरबारको भव्य संरचना खण्डहरमा परिणत भएको छ । आगोमा जलेर अधिकांश संरचना ध्वस्त भएको छ । सवारी साधन, फर्निचर, कागजपत्र केही बाँकी रहेका छैनन् ।

जेनजी प्रदर्शनकारीको क्रममा केही समूह सिंहदरबारभित्र प्रवेश गरी तोडफोड र आगजनी गरेका थिए । राणाकालीन सम्पदा सिंहदरबार आगोमा दन्किरहेको दश्ष्य कहालीलाग्दो थियो । आगो जलिरहेका बेला पानी हाल्ने प्रयाससमेत भएन । प्रदर्शनकारीले मंगलबार सिंहदरबार परिसरमा रहेको गृहमन्त्रालयमा पनि आगो लगाइदिएका थिए ।

प्रदर्शनकारीले सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय, काठमाडौं विशेष अदालत, जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, नागरिक उड्डय प्राधिकरण, उपत्यका ट्राफिक प्रहरी कार्यालय लगाउतमा आगजनी गरेका छन् ।

प्रदर्शनकारीले राष्ट्रपति कार्यालय रहेको शीतल निवास, प्रधानमन्त्री निवास बालुवाटार, संसद भवनमा समेत आगोमा जलेर ध्वस्त बनाएका छन् ।

images
प्रकाशित मिति :भाद्र २५, २०८२ बुधवार - ०९:०२:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology