Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

रौतहट कारागारबाट २३० कैदी फरार: ३४ जना नियन्त्रण, अन्यको खोजी हुँदै

रौतहट कारागारबाट २३० कैदी फरार: ३४ जना नियन्त्रण, अन्यको खोजी हुँदै

images

इच्छाकामना न्युज

२५, भाद्र २०८२
रौतहट कारागारबाट २३० कैदी फरार: ३४ जना नियन्त्रण, अन्यको खोजी हुँदै
images

काठमाडौँ । रौतहटको गौर कारागारबाट २३० कैदी बन्दीहरू मंगलवार राति फरार भएका छन्। मंगलवारको आन्दोलनको मौका पारेर कारागारका कैदी बन्दीहरूले जेल फोडेर भाग्न सफल भएका हुन्।  

गौर कारागारमा २९१ जना कैदी बन्दी थिए। जसमध्ये २७ जना भागेनन्  कारागारमै बसिरहेका छन्। फरारमध्ये ३४ जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिइएको रौतहटका प्रहरीले जनाएको छ ।

आन्दोलनका कारण जिल्लाको जनजीवन अस्तव्यस्त बनेपछि साम्य पार्न रौतहट प्रशासनले अर्को आदेश नहुञ्जेलसम्म कर्फ्यु आदेश जारी गरेको छ।  

नारायण दल गण पुरेन्वा रौतहटका प्रमुख सेनानी विश्वास बिष्टले अति आवश्यक कामबाहेक सर्वसाधारणलाई घरबाहिर ननिस्कन आग्रह गरेका छन्। सेनाले सार्वजनिक स्थानहरूमा सर्वसाधारणले कुनै किसिमको कोणसभा अथवा अन्य गतिविधि नगर्न आग्रह गरेको छ।  

नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको सदरमुकाम गौर लगायत आसपासका क्षेत्रहरूमा बाक्लो उपस्थित छ ।

images
प्रकाशित मिति :भाद्र २५, २०८२ बुधवार - ०८:५७:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology