Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

सबै मिलेर देश जोगाऔँ, सबै जुटेर देश बनाऔँः डा.सन्दुक रुइत

सबै मिलेर देश जोगाऔँ, सबै जुटेर देश बनाऔँः डा.सन्दुक रुइत

images

इच्छाकामना न्युज

२४, भाद्र २०८२
सबै मिलेर देश जोगाऔँ, सबै जुटेर देश बनाऔँः डा.सन्दुक रुइत
images

काठमाडौं । वरिष्ठ नेत्र चिकित्सक डा.सन्दुक रुइतले जेन जी समूहलाई संयमित हुन आग्रह गर्नुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले जेन जी लाई संयमित हुन आग्रह गर्नुभएको हो । डा.रुइतले सबै मिलेर देश जोगाउन र सबै जुटेर देश बनाउन पनि आग्रह गर्नुभएको छ । साथै सार्वजनिक सम्पत्तिमाथि आगजनी गर्न र नष्ट गर्न नहुने उहाँको भनाइ छ ।

परिवर्तनका लागि जेन जी ले अदम्य साहस देखाएको भन्दै रुइतले भन्नुभएको छ, ‘सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हरेक नागरिकको पहिलो दायित्व हो । तसर्थ सार्वजनिक सम्पत्तिको नोक्सानी नगरौँ र गर्न नदिऔँ । संयम बनौं । सबै मिलेर देश जोगाऔँ, सबै जुटेर देश बनाऔँ ।’ जेनजी पुस्ताले स्वस्फूर्तः आह्वान गरेको आन्दोलन आज दोस्रो दिन पनि चलिरहेको छ । हिजो १९ जनाको ज्यान गएपछि अवस्था थप जटिल बनेको छ । आन्दोलनको दोस्रो दिन काठमाण्डौ उपत्यकासहित देशैभर प्रदर्शन, तोडफोड र आगजनीका घटना भएका छन् ।

images
प्रकाशित मिति :भाद्र २४, २०८२ मंगलवार - १९:५४:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology