Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

चितवन इच्छाकानाको कालिखोलामा भेला भएर भव्य रुपमा न्वाङ्गी पर्व मनाउँने तयारीमा चेपाङ समुदाय

चितवन इच्छाकानाको कालिखोलामा भेला भएर भव्य रुपमा न्वाङ्गी पर्व मनाउँने तयारीमा चेपाङ समुदाय

इच्छाकामना न्युज

१७, भाद्र २०८२
चितवन इच्छाकानाको कालिखोलामा भेला भएर भव्य रुपमा न्वाङ्गी पर्व मनाउँने तयारीमा चेपाङ समुदाय

कुरिनटार । चेपाङ समुदाय  छोनाम न्वाङ्गी पर्व मनाउन तयारीमा जुटेका छन् । सो समुदायले राष्ट्रिय एंव धार्मिक पर्वका रूपमा छोनाम अर्थात् न्वाङ्गी पर्व हरेक बर्ष भदौ २२ गते सामुहिकरुपमा मनाउँदै आएको छ ।  न्वाङ्गी पर्व भदौ महिना भरी नै मनाउने भएपनि २२ गते भने सामुहिकरुपमा भेला भएर विभिन्न सांस्कृतिक कार्यक्रम गरि मनाउँदै आएको हो। सामुहिक रुपमा पर्व मनाउनका लागि विभिन्न समितिहरु गठन गरेर तयारीका कामहरु भइरहेको छ । 

images

यस बर्ष चितवनको इच्छाकामना गाउँपालिका ६ कालिखोलामा देशभरका चेपाङहरु एकै ठाउँमा भेला भएर मनाउन लागिएको प्रचार प्रसार संयोजक तथा नेपाल चेपाङ संघ इच्छाकामनाका अध्यक्ष विकास चेपाङले जानकारी दिनुभयो ।  उक्त दिन चेपाङ समुदायको विभिन्न संस्कार, संस्कृति भेषुभषा प्रदर्शन,खानाका परिकारका साथै दोहोरी गीत प्रतियोगिता समेत  हुने उहाँले बताउनुभयो । कार्यक्रमका लागि विभिन्न उपसमितिहरु बनाई तयारी तीव्र पारिएको उहाँको भनाई छ ।

नेपाल चेपाङ सङ्घका केन्द्रिय अध्यक्ष गोविन्दराम चेपाङले हरेक बर्ष  भदौ २२ गते देशभरका चेपाङहरु सामुहिकरुपमा भेला भएर विभिन्न सांस्कृतिक कार्यक्रम गरि न्वाङ्गी मनाउँदै आएको बताउनुभयो उहाँका अनुसार चेपाङ बाहुल्यता रहेको  चितवन, मकवानपुर, धादिङ र गोरखामा हरेक बर्ष पालैपालो गरि भदौ २२ गते राष्ट्रिय पर्व न्वाङ्गी उत्सवका रुपमा मनाउने गरिएको छ । उक्त उत्सवमा सहभागी हुन नपाउनेले आ–आफ्नो घर र टोलटोलमा मनाउने गर्छन् । भदौ २२ गते सामुहिक रुपमा न्वागी मनाउँदै आएपनि आफ्नो कुल अनुसार चेपाङ समुदायले भदौ महिनाभरी नै न्वाङ्गी मनाउने परम्परा रहेको अध्यक्ष चेपाङको भनाई छ । उहाँले भन्नुभयो,“हामीले भदौँ २२ गतेलाई राष्ट्रिय रुपमा मनाउँदैँ आएका छौँ, हाम्रो जातीमा पनि विभिन्न थरहरु हुन्छन् उहाँहरुको कुल अनुसार भदौको पूर्णिमादेखि भदौ महिना भरी नै मनाउने गरिन्छ ।”उहाँका अनसार चेपाङ जातिका ६४ वटा थर रहेका छन् । 

चेपाङ समुदायमा पितृलाई नचढाई र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ। न्वाङ्गी पर्वका दिन घैया धानको चामल, काउनो,पिँडालु लगायत अन्न र फलफूल भूमि र पितृलाई चढाउने गरिन्छ। यो पर्व चेपाङले नयाँ अन्न खाने दिन पनि रहेको उहाँले बताउनुभयो । न्वाङ्गीमा चेपाङ झाँक्री (पान्दे)ले ढ्याङ्ग्रो ठोक्दै कुखुराको बलि चढाउँछन्। यस दिन चेपाङ समुदायले कुनै काम नगरी रमाइलो गर्छन्। नाता कुटुम्बलाई पनि निम्तो गरेर सामूहिक भोज खाने,नाचगान गर्ने र सुखदुःख साट्ने गर्छन्। न्वागी चेपाङ जातिको जीवनशैली र संस्कृतिसँग जोडिएको पर्व हो । राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा ८४ हजार ३६४ जना चेपाङ छन्। सबैभन्दा धेरै चितवनमा मात्रै ३५ हजारको सङ्ख्यामा चेपाङ समुदायका मानिस बसोबास गर्छन्। २६ जिल्लामा चेपाङ समुदायको बसोबास रहेको अध्यक्ष चेपाङले बताउनुभयो ।  

चेपाङहरूको राष्ट्रिय पर्व न्वाङ्गीका अवसरमा बागमती प्रदेश सरकारले वि.स. २०७९  सालदेखी चितवन,मकवानपुर र धादिङ गरि ३ जिल्लामा भदौ २२गते सार्वजनिक बिदा समेत दिदैँ आाएको अध्यक्ष चेपाङले बताउनुभयो ।  चेपाङ समुदायले राष्ट्रिय पर्वको रुपमा आफ्नो घर–घर र टोलमा  मनाउँदै आएको न्वाङ्गी पर्वलाई नेपाल चेपाङ सङ्घको अगुवाईमा वि.स.२०६३ सालदेखि भने सामुहिक रुपमा मनाउँदै आएका छन् ।

images
प्रकाशित मिति :भाद्र १७, २०८२ मंगलवार - १६:४०:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology