Logo

बुधवार, कार्तिक २६ गते २०८३

images
२०८३, कार्तिक २६ गते
images

आजको मौसम : देशभर बदली, केही स्थानमा भारी वर्षाको चेतावनी

आजको मौसम : देशभर बदली, केही स्थानमा भारी वर्षाको चेतावनी

images

इच्छाकामना न्युज

१६, भाद्र २०८२
आजको मौसम : देशभर बदली, केही स्थानमा भारी वर्षाको चेतावनी
images

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेकाले र अरब सागरबाट जलवाष्पयुक्त हावाको निरन्तर प्रवाहका कारण देशभर मनसुन सक्रिय देखिएको छ । यसले गर्दा आगामी २४ घण्टाभित्र देशका विभिन्न भू-भागमा बदली, मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै अन्य प्रदेशका पहाडी भू-भागमा सामान्यतया बदली रहेको छ भने बाँकी भू-भागमा आंशिक बदली छाएको छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

सोमबार देशभर सामान्यतया बदली रहनेछ । यस दिन कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । यसैगरी, बाँकी पहाडी र तराईका थोरै स्थानहरूमा पनि मध्यम वर्षा हुने अनुमान गरिएको छ । विशेषगरी बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

आज राती देशभर सामान्यतया बदली रहनेछ । सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।  तराईका एक-दुई स्थानमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ ।

वर्षाका कारण हुन सक्ने बाढी, पहिरो र डुबान जस्ता विपद्बाट जोगिन आवश्यक पूर्वतयारी तथा सावधानी अपनाउन सम्बन्धित निकाय र सर्वसाधारणलाई विभागले अनुरोध गरेको छ ।

images
प्रकाशित मिति :भाद्र १६, २०८२ सोमवार - ०८:२४:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology