Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेललाई

‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेललाई

इच्छाकामना न्युज

१५, भाद्र २०८२
‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेललाई
images

काठमाण्डौ । ‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेलले प्राप्त गरेकी छिन् । हिजो ललितपुरको गोदावरीमा रहेको सनराइज कन्भेन्सन सेन्टरमा आयोजना भएको अन्तिम प्रतिस्पर्धामा अन्य २५ प्रतिस्पर्धीलाई पछि पार्दै २६ वर्षीया लुइँटेल विजेताको उपाधि जितिन् । उनलाई पूर्वमिस नेपाल आस्माकुमारी केसीले ताज लगाइदिइन् ।

images
images

प्रतियोगितामा दीपशिखा नेपाल ‘मिस नेपाल कस्मो’ को ताजसहित पहिलो उपविजेता, उरुषा भण्डारी ‘मिस नेपाल इन्टरनेसनल’ को ताजसहित दोस्रो उपविजेता र सोनी घले ‘मिस नेपाल अर्थ २०२५’ ताजसहित तेस्रो उपविजेता भइन् ।

द हिडन ट्रेजरले आयोजना गरेको सौन्दर्य प्रतियोगितामा नेपालभर विभिन्न शहरमा आयोजना गरिएका छनोटमार्फत २६ जना प्रतिस्पर्धी चयन भएका थिए । 

images
प्रकाशित मिति :भाद्र १५, २०८२ आइतवार - ०७:४२:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology