Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

काठमाडौँको जडिबुटीमा रोकिराखेको बसको पछाडि स्कुटर ठोकिँदा दुई युवकको मृत्यु

काठमाडौँको जडिबुटीमा रोकिराखेको बसको पछाडि स्कुटर ठोकिँदा दुई युवकको मृत्यु

इच्छाकामना न्युज

१३, भाद्र २०८२
काठमाडौँको  जडिबुटीमा रोकिराखेको बसको पछाडि स्कुटर ठोकिँदा दुई युवकको मृत्यु
images

काठमाडौँ । काठमाडौँको जडिबुटीमा रोकिराखेको बसको पछाडि स्कुटर ठोकिँदा दुई युवकको मृत्यु भएको छ। 

images
images

काठमाडौँ महानगरपालिका- ३२ जडिबुटी आकाशेपुल नजिकै रोकिएको बा.प्र ०१-००६ ख ४२४३ नम्बरको अरनिको यातायातको बसको पछाडि आज बिहान पौने तीन बजेतिर कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको लु.४३ प ४९३८ नम्बरको स्कुटर ठोकिँदा दुई युवकको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहोराले जानकारी दिए। 

मृत्यु हुनेमा स्कुटर चालक नवलपरासीको सुनौल नगरपालिका-१ स्थायी घर भई हाल भक्तपुरको लोकन्थली बस्दै आएका २२ वर्षीय शिरिस पौडेल र काभ्रेको पाँचखान नगरपालिका-२ होस्के घर भएका २३ वर्षीय नितेश नेपाल रहेका छन्। 

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारको लागि तत्काल ट्रमा सेन्टर लगिएको थियो। पौडेलकाे उपचारको क्रममा शुक्रबार बिहान साढे तीन बजे र नेपालको बिहान पौने चार बजे मृत्यु भएको हो। 

घटनामा संग्लन दुवै सवारी साधन कोटेश्वर ट्राफिकको नियन्त्रणमा छन्। बस चालक दोलखा घर भइ हाल काँडाघारी बस्ने वर्ष २५ का सुभाष तामाङलाई प्रहरीले नियन्त्रणमा राखेको छ।

images
प्रकाशित मिति :भाद्र १३, २०८२ शुक्रवार - ०७:३९:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology