Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

तिज आत्मिक शुद्धता र दाम्पत्य सौहार्दको पर्व : प्रधानमन्त्री ओली

तिज आत्मिक शुद्धता र दाम्पत्य सौहार्दको पर्व : प्रधानमन्त्री ओली

images

इच्छाकामना न्युज

१०, भाद्र २०८२
तिज आत्मिक शुद्धता र दाम्पत्य सौहार्दको पर्व : प्रधानमन्त्री ओली
images

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका तिजलाई आत्मिक शुद्धता, संयम र दाम्पत्य जीवनको सुदृढीकरणसँग जोडिएको पर्वका रूपमा व्याख्या गर्दै सबै नेपाली दिदीबहिनीलाई शुभकामना व्यक्त गरेका छन्।

हरितालिका तिज, २०८२ को पावन अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश दिँदै उनले तिजलाई गीत–नृत्यको पर्वका रूपमा मात्र नबुझी व्रत, संयम र आत्म–अनुशासनसँग गहिरो रूपमा जोडिएको सांस्कृतिक उत्सवको रूपमा लिनुपर्ने बताएका छन्। उनले प्राचीन कालमा पतिपत्नी दुवैले सप्तऋषिको पूजा गर्दै व्रत बस्ने चलन रहेको र समयक्रममा यो परम्परा महिलामाझ विकसित भएको उल्लेख गरेका छन्।

प्रधानमन्त्री ओलीले भनेका छन्, 'हाम्रो संस्कृतिले तिजलाई आत्मिक शुद्धता र दाम्पत्य जीवन सुदृढीकरणको व्रतोत्सवका रूपमा लिएको छ। पछिल्लो समयमा विज्ञानले पनि व्रतले शरीरलाई फाइदा पुर्‍याउँछ भन्ने चर्चा गर्न थालेको छ।' उनले तिजले संयुक्त परिवार संस्कृतिको सुगन्ध बोकेर परिवारमा आत्मीयता, दाम्पत्यमा उल्लास र समाजमा सौहार्द फैलाउने विश्वास व्यक्त गरेका छन्।

अहिलेको समाजमा तिजबारे नयाँ मतहरू पनि आएको उल्लेख गर्दै उनले यो पर्वले शील, सौजन्य र उदारताको सन्देश बोकेको बताएका छन्।

images
प्रकाशित मिति :भाद्र १०, २०८२ मंगलवार - ०८:५३:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology