Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

६ अस्पतालमा गण्डकीका क्यान्सर बिरामीलाई सुविधा, कान्तिसँग पनि सम्झौता

६ अस्पतालमा गण्डकीका क्यान्सर बिरामीलाई सुविधा, कान्तिसँग पनि सम्झौता

इच्छाकामना न्युज

७, भाद्र २०८२
६ अस्पतालमा गण्डकीका क्यान्सर बिरामीलाई सुविधा, कान्तिसँग पनि सम्झौता

कास्की, भदौ ७ । गण्डकी प्रदेश सरकारले क्यान्सर उपचारमा संघीय सहयोग बाहेक थप एक लाख रुपैयाँ सहायता दिने भएको छ। गण्डकीले कान्ति बाल अस्पतालसँग सम्झौता गरी बालबालिकाको क्यान्सर उपचारमा आर्थिक सहायता उपलब्ध गराउने भएको छ।

images

गण्डकीमा ६ अस्पतालमा ३०८० जना क्यान्सर बिरामीले थप आर्थिक सहायता पाएका छन्। ७ भदौ, पोखरा । देशका ६ अस्पतालमा उपचार गर्ने क्यान्सर बिरामीले गण्डकी प्रदेश सरकारबाट थप एक लाख रुपैयाँ सहायता प्राप्त गर्ने भएका छन् । संघीय सरकारले क्यान्सरका बिरामीलाई दिने सुविधानका अतिरिक्त गण्डकीले सम्झौता गरेका जुनसुकै ६ अस्पतालमा उपचार गर्ने क्यान्सरका बिरामीले थप १एकलाख उपचार सुविधा प्राप्त गर्ने भएका हुन् ।

अब यो सेवा काठमाडौंको कान्ति बाल अस्पतालबाट पनि दिइने भएको छ । गण्डकी प्रदेशका बालबालिकाहरुलाई प्राणघातक रोग क्यान्सर लागेमा सोको उपचारको लागि कान्ति बाल अस्पताल महाराजगञ्जसँग शुक्रबार सम्झौता भएको हो । क्यान्सर उपचारको लागि संघीय सरकारले उपलब्ध गराउने सहयोग रकमका अतिरिक्त गण्डकीले थप एक लाख रकम उपलब्ध गराउने गरी सम्झौता गरिएको स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जानकारी दिए । ‘प्राणघातक रोग क्यान्सरका विरामीलाई कार्यविधि नै बनाएर गण्डकीले मल्हम लगाउँदै आएको छ । अब गण्डकी घर भएका बालबालिकालाई क्यान्सर लागेर कान्ति बाल अस्पतालमा उपचार गराउँदा पनि सरकारले सहायता दिने छ,’ स्वास्थ्यमन्त्री पाठले भने, ‘हामी गण्डकीवासी नागरिकको स्वास्थ्यउपचारप्रति गम्भीर छौं ।’

कान्ति बाल अस्पतालसँग सम्झौता गरेर गण्डकी प्रदेशको क्यान्सर रोग उपचार सहायता कार्यविधि २०८२ समेत कार्यान्वयनमा ल्याइएको स्वास्थमन्त्री पाठकले जानकारी दिए । बालबालिकामा हुने क्यान्सर रोगको उपचारमा आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा शुक्रबार हस्ताक्षर भएको हो । स्वास्थ्य मन्त्रालय गण्डकीका मन्त्री कृष्णप्रसाद पाठकको उपस्थितिमा कान्ति बाल अस्पतालमा आयोजित एक कार्यक्रमबीच स्वास्थ्य मन्त्रालय, गण्डकीका सचिव डा.विश्वबन्धु बगाले र कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज रायले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

अब गण्डकी प्रदेश स्थायी ठेगाना भएका बालबालिकामा क्यान्सर रोग पत्ता लागी कान्ति बाल अस्पतालमा उपचाररत रहेको अवस्थामा गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयका तर्फबाट थप १ रुपैयाँ बराबरको आर्थिक सहायता उपलब्ध हुने छ । सबै प्रक्रिया विद्युतीय माध्यमबाट सम्पन्न हुने भएकोले गण्डकी प्रदेशको उक्त सेवा प्राप्त गर्नका लागि बिरामीले थप कुनै कागजात पेश गर्नुपर्ने छैन । गण्डकीले देशका अन्य ५ अस्पतालबाट पनि क्यान्सरका विरामीलाई थप सहायता उपलब्ध गराउँदै आएको छ ।

गण्डकीले सम्झौता गरेका क्यान्सर अस्पताल र सहायता पाएका बिरामी क्र.सं. क्यान्सरको उपचार हुने अस्पताल सेवा लिएका विरामी संख्या १. बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर २६१९ जना २. वीर अस्पताल, काठमाडा १०७ जना ३. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुर ९७ जना ४. भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर २०८ जना ५. निजामती कर्मचारी अस्पताल, काठमाडौं ४९ ६. कान्ति बाल अस्पताल, काठमाडौं ६ भदौ २०८२ मा सम्झौता अहिलेसम्म सेवा लिनेको जम्मा संख्या ३०८० जना

images
प्रकाशित मिति :भाद्र ७, २०८२ शनिवार - ०९:२५:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology