Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

देशभर मौसम बदली, केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना

देशभर मौसम बदली, केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना

images

इच्छाकामना न्युज

७, भाद्र २०८२
देशभर मौसम बदली, केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना
images

काठमाडाैँ । देशभर आज दिउँसो सामान्यतया बदली रहने विभागले जनाएको छ। पहाडी भूभागका केही स्थान र तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ।

विशेषगरी लुम्बिनी प्रदेशको तराई भूभाग, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा भने एक–दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ। यस्तै, आज राति मधेश, कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका अधिकांश पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली मात्र रहने सम्भावना छ।

यस अवधिमा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र अन्य भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने देखिएको छ। साथै गण्डकी प्रदेशको पहाडी भूभाग र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।

images
प्रकाशित मिति :भाद्र ७, २०८२ शनिवार - ०८:१६:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology