Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

इच्छाकामना गाउँपालिकाको तीजगीत प्रतियोगितामा इलाका प्रहरी कार्यालय मुग्लिन प्रथम

इच्छाकामना गाउँपालिकाको तीजगीत प्रतियोगितामा इलाका प्रहरी कार्यालय मुग्लिन प्रथम

इच्छाकामना न्युज

६, भाद्र २०८२
इच्छाकामना गाउँपालिकाको तीजगीत प्रतियोगितामा इलाका प्रहरी कार्यालय मुग्लिन प्रथम

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाको आयोजनामा भएको तीजगीत प्रतियोगितामा इलाका प्रहरी कार्यालय मुग्लिन प्रथम भएको छ ।  आज भएको प्रतियोगितामा प्रथम हुन सफल इलाका प्रहरी कार्यालय मुग्लिनले नगद रु.२० हजार र प्रमाणपत्र प्राप्त गरेका छन् ।  

images

यसैबिच कर्तव्यनिष्ट महिला समाज इच्छाकामना ५ मुग्लिन द्धितिय र अगुवा चेपाङ महिला पैरवी इच्छाकामना ३ तृतिय भएका छन् । द्धितिय र तृतिय हुनेले क्रमश १३ हजार ५०० र ९ हजार ५०० नगद र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा छोरी बुहारी महिला समूह इच्छाकामना ३  र सप्तरङ्गी आमा समूह सान्त्वना भएका छन् । दुबै टिममले नगद रु.४÷४ हजार र  प्रमाण पत्र  प्राप्त गरेका छन् । साथै सहभागी टिमहरुलाई  रु. एक÷एक हजार प्रदान गरेका छन् । 

गाउँपालिका कार्यवाहक अध्यक्ष माया सिलवालको अध्यक्षता तथा बागमती प्रदेशका उपसभामुख अप्सरा चापागाइँको प्रमुख आतिथ्यमा  प्रतियोगिता सम्पन्न भएको हो ।  

कार्यक्रममा पूर्वमन्त्री तथा बागमती प्रदेश सभा सदस्य कृष्णप्रसाद सिलवाल, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीको विशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रममा राजनिति दलकाप्रतिनिधि,विभिन्न संघसंस्थाका प्रतिनिधहरुको सहभागिता रहनुभएको थियो ।  

कार्यक्रममा  प्रमुख अतिथि बागमती प्रदेशका उपसभामुख अप्सरा चापागाइँ, विशिष्ट अतिथि  पूर्वमन्त्री बागमती प्रदेशसभा सदस्य कृष्णप्रसाद सिलवाल,इच्छाकानमा गाउँपालिका कार्यवाहक अध्यक्ष माया सिलवाल, गाउँपालिका पूर्वअध्यक्ष गीता कुमारी गुरुङ, वडाध्यक्षहरुको तर्फबाट वडा नम्बर ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेती,नेकपा एमाले इच्छाकामनाका अध्यक्ष प्रकाश अधिकारी, नेकपा माओवादी केन्द्र इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सह–सचिव रण बहादुर बुढाथोकी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम स्वास्थ्य शाखा प्रमुख हरि बहादुर देवकोटा र कृषि शाखा प्रमुख समिक्षा पौडेलले सञ्चालन गर्नुभएको थियो ।  

प्रतियोगिताका लागि जनचेतनामूलक, महिला सशक्तिकरण र सन्देशुमलक विषयमा तीज गीत प्रतियोगिता आयोजना गरिएको हो ।

images
प्रकाशित मिति :भाद्र ६, २०८२ शुक्रवार - १९:३४:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology