Logo

बुधवार, कार्तिक २६ गते २०८३

images
२०८३, कार्तिक २६ गते
images

करेन्ट लागेर गैंडाको मृत्यु, माडीका श्रेष्ठलाई थुनामा पठाउन आदेश

करेन्ट लागेर गैंडाको मृत्यु, माडीका श्रेष्ठलाई थुनामा पठाउन आदेश

images

इच्छाकामना न्युज

४, भाद्र २०८२
करेन्ट लागेर गैंडाको मृत्यु, माडीका श्रेष्ठलाई थुनामा पठाउन आदेश
images

काठमाडौं । करेन्ट लगाई संरक्षित वन्यजन्तु एकसिंगे गैडा मारेको अभियोगमा चितवनको माडीका किसान हरिभक्त श्रेष्ठ पूर्पक्षका लागि कारागार चलान भएका छन् ।

मंगलबार चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले माडी–२ भैरवपुरका श्रेष्ठलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । गत साउन २१ गते माडीमा बाली जोगाउन हरिभक्त श्रेष्ठको खेतमा छाडिएको करेन्ट लागेर एक सिंगे गैंडाको मृत्यु भएको थियो ।

गैंडा मरेपछि निकुञ्ज प्रशासनले सोही दिन श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो । श्रेष्ठलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार करेण्ट लगाई संरक्षित वन्यजन्तु एकसिंगे गैडा मारेको अभियोग लगाइएको थियो ।

images
प्रकाशित मिति :भाद्र ४, २०८२ बुधवार - ०९:३२:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology