Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो सम्भावित सावधानी सूचना बोर्डहरू राखियो

मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो सम्भावित सावधानी सूचना बोर्डहरू राखियो

इच्छाकामना न्युज

२, भाद्र २०८२
मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो सम्भावित सावधानी सूचना बोर्डहरू राखियो
images

इच्छाकामना, २ भाद्र । वर्षायामसँगै पहिरोको जोखिम बढेपछि मुग्लिन–नारायणगढ सडकखण्डमा ट्राफिक प्रहरीले सवारी चालक तथा यात्रुहरूलाई सावधानी अपनाउन आग्रह गरेको छ।

images
images

सडकखण्डको अति उच्च पहिरो सम्भावित क्षेत्रहरूमा सावधानी सूचना बोर्डहरू राखिएको ट्राफिक कार्यालयले जानकारी दिएको छ। सो क्षेत्रमा यात्रा गर्ने सवारीसाधनहरूले ट्राफिक संकेत तथा सावधानी बोर्डहरूको पूर्ण पालना गर्न अनुरोध गरिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार निरन्तर वर्षाका कारण पहिरो खस्ने सम्भावना उच्च रहेकाले सडक प्रयोग गर्दा अत्यधिक सतर्कता अपनाउन जरुरी छ। पहिरो वा अन्य कुनै कारणले सडक अवरुद्ध भएमा लेन अनुशासन पालना गर्दै ट्राफिक प्रहरीको निर्देशनअनुसार सवारी साधन चलाउन समेत अनुरोध गरिएको छ।

सडक डिभिजन कार्यालय र ट्राफिक प्रहरीको समन्वयमा जोखिम न्यूनीकरणका लागि आवश्यक सतर्कता अपनाइएका छन्। साथै, यात्रुहरूलाई यात्रा अघि सडक अवस्थाबारे जानकारी लिएर मात्र निस्कन सुझाव दिइएको छ।

images
प्रकाशित मिति :भाद्र २, २०८२ सोमवार - ०७:२२:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology