काठमाडौं । मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) परियोजनाअन्तर्गत २९७ किलोमिटरको विद्युत प्रसारण लाइन निर्माणका लागि आज सम्झौता हुँदैछ । एमसीसीका परियोजनाको निर्माणतर्फ नेपाली कम्पनीले पाएको यो नै पहिलो ठेक्का हो ।
यसअघि उक्त परियोजनाअन्तर्गत एक प्रसारणलाइन र तीन सबस्टेसन निर्माणको ठेक्का विदेशी कम्पनीले पाएका थिए ।
नेपाल सरकार र अमेरिकी सरकारको संयुक्त वित्तपोषणमा सञ्चालन हुने यस परियोजनामा कुल १५४.५१ मिलियन अमेरिकी डलर बराबरको सम्झौता हुने एमसीए–नेपालले जानकारी दिएको छ । एमसीसीअन्तर्गत प्रसारण लाइन निर्माणसँगै सडक मर्मतसम्भार लगायतका काम सञ्चालन हुनेछन् ।