Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

विद्यालय शिक्षा ऐन बारे एमाले शिक्षा विभाग चितवनले गर्‍यो मन्त्री र पार्टीको ध्यानाकर्षण

विद्यालय शिक्षा ऐन बारे एमाले शिक्षा विभाग चितवनले गर्‍यो मन्त्री र पार्टीको ध्यानाकर्षण

इच्छाकामना न्युज

२८, श्रावण २०८२
विद्यालय शिक्षा ऐन बारे एमाले शिक्षा विभाग चितवनले गर्‍यो मन्त्री र पार्टीको ध्यानाकर्षण
images

चितवन । नेकपा (एमाले) चितवनको शिक्षा तथा मानव स्रोत विभागको नेतृत्वमा NNTA चितवनका शिक्षक नेताहरूको टोली शिक्षा विज्ञान तथा प्राविधि मन्त्रालय पुगी ध्यानाकर्षण गराएको छ। विगतमा शिक्षक आन्दोलनलाई सम्बोधन गर्ने गरी मन्त्रिपरिषदले गरेको नौ बुँदे नीतिगत निर्णयको अक्षरस कार्यान्वयन तथा शिक्षक मैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न टोलीले गम्भीर ध्यानाकर्षण गराएको हो।

images
images

नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभाग चितवनका प्रमुख नारायण प्रसाद पौडेलको नेतृत्वमा मन्त्रालय पुगेको उक्त टोलीले नेकपा एमाले शिक्षा तथा मानव स्रोत केन्द्रीय विभाग प्रमुख पार्वती रावलसँग भेटी उहाँकै समन्वयमा गहन विमर्श गरेको थियो।

आवधिक बढुवा,बाल विकास र विद्यालय कर्मचारीका मुद्दा,सरुवा कार्यविधिको खारेजी,परीक्षण काल समाप्त भइसकेपछिको सहज सरुवा प्रावधान, राहत, उच्च मावि र अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायित्व लगायतका विषयमा गम्भीर ढङ्गले ऐनमा समावेश गरी तत्काल शिक्षा ऐन जारी गर्न विशेष अनुरोध गरिएको हो। उक्त भेटमा शिक्षामन्त्री रघुजी पन्तले जति सक्दो छिटो शिक्षा ऐन जारी गर्ने कुरामा सरकार प्रतिबद्ध रहेको र नौ बुँदे सहमति कार्यान्वयनमा गइसकेको बताउनु भयो । उक्त टोलीले नेकपा एमालेका केन्द्रीय महासचिव शंकर पोखरेललाई भेटी पार्टीका तर्फबाट शिक्षक मैत्री विद्यालय शिक्षा ऐन ल्याउनका लागि पार्टीको विशेष पहल रहोस् भनि आग्रह गरेको थियो।

चितवनको टोलीमा नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रदेश महासचिव पूर्णबहादुर पुरी, जिल्ला अध्यक्ष रामजी भण्डारी, उपाध्यक्ष दुर्गाकुमारी लामिछाने तथा जिल्ला सदस्य विपिन पाठक रहनुभएको थियो। उक्त टोलीले शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी तथा महासचिव तुलाबहादुर थापालाई समेत भेटी गम्भीर ढङ्गले पक्षीकरणका लागि लाग्न दबाब दिएको थियो।

देशव्यापी रूपमा शिक्षक महासंघद्वारा गरिएको आन्दोलनले असार १५ गतेसम्म शिक्षा ऐन संसदमा दर्ता गर्ने सुनिश्चितता सहित नौ बुँदे सम्झौता गरेता पनि हालसम्म विद्यालय शिक्षा ऐन जारी भएको छैन। यही सन्दर्भमा विभागले गम्भीर दबाब र ध्यानाकर्षण गरेको हो।

images
प्रकाशित मिति :श्रावण २८, २०८२ बुधवार - २२:४१:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology