दमौली (तनहुँ) । तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटमा साउनको सोमबार लागेको बोलबम मेलामा एक लाख ५० हजार भक्तजन आएका छन् । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार यस वर्ष साउनको चारवटा सोमबार एक लाख ५० हजार भक्तजनले बोलबम मेलामा स्नान गरेका हुन् ।
बोलबम मेला साउनको प्रत्येक सोमबार हुन्छ । बोलबममा देवघाटको वेणीसङ्गम र शिवालयहरूमा भक्तजनको घुँइचो लागेको थियो । साउनका अन्य बारमा पनि यहाँ दैनिक एक हजारभन्दा बढी भक्तजन आउने निर्देशक बरालले उल्लेख गरे ।