काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनको मूल्य घटेको छ । यस दिन तोलामा २ सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य १ लाख ९९ हजार २ सय रुपैयाँ कायम भएको छ । यस अघि शुक्रबार तोलाको एक लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ आज तोलामा ५ रुपैयाँले वृद्धि भएको छ । यस दिन चाँदी २ हजार ३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार एक तोला चाँदीको मूल्य २ हजार ३ सय १५ रुपैयाँ थियो ।