Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

कैलाली जिल्ला कारागारमा कैदीबन्दीबिच झडप : १ जनाको ज्यान गयो, ४७ घाइते

कैलाली जिल्ला कारागारमा कैदीबन्दीबिच झडप : १ जनाको ज्यान गयो, ४७ घाइते

images

इच्छाकामना न्युज

२४, श्रावण २०८२
कैलाली जिल्ला कारागारमा कैदीबन्दीबिच झडप : १ जनाको ज्यान गयो, ४७ घाइते
images

कैलाली । कैलाली जिल्ला कारागारमा गएराति कैदीबन्दीहरूबिच भएको झडपमा एक जनाको ज्यान गएको छ । झडपमा ४७ जना घाइते भएका छन् । घटनामा धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी राजकुमार सिंहले जानकारी दिनुभयो ।

झडपमा घाइते भएका चौधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो । अस्पतालले मृत घोषणा गरेको हो । त्यस्तै घटनामा घाइते भएका मध्ये तीन जनाको अवस्था गम्भीर छ । उनीहरु सबैको सेती प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ ।

कैदीबन्दीबीच दुई समूहमा मनमुटाब हुँदा गएराति झडप भएको प्रारम्भिक अनुमान गरिएको छ । क्षमताभन्दा धेरै कैदीबन्दी रहेको कैलाली कारागारमा यसअघि पनि झडपको घटना हुने गरेको थियो । पछिल्लो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण २४, २०८२ शनिवार - १३:३७:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology