Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

देशभर मनसुन सक्रिय : तीन प्रदेशमा भारी वर्षाको चेतावनी, सतर्कता अपनाउन आग्रह

देशभर मनसुन सक्रिय : तीन प्रदेशमा भारी वर्षाको चेतावनी, सतर्कता अपनाउन आग्रह

images

इच्छाकामना न्युज

२२, श्रावण २०८२
देशभर मनसुन सक्रिय : तीन प्रदेशमा भारी वर्षाको चेतावनी, सतर्कता अपनाउन आग्रह
images

काठमाडौँ । देशभर मनसुन सक्रिय रहँदा आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले उक्त क्षेत्रमा आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ ।

महाशाखाका अनुसार, हाल मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभागमा रहँदा देशभर मनसुनी प्रभाव कायम छ । तर, जलवाष्पयुक्त हावाको प्रभाव तुलनात्मक रूपमा केही कमजोर हुँदा देशव्यापी रूपमा ठूलो वर्षा भने भएको छैन । हाल बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा कोशी, मधेश, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी र लुम्बिनी प्रदेशसहित देशका अधिकांश पहाडी भूभागमा मौसम सामान्यतया बदली रहनेछ । यी क्षेत्रका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति पनि देशभर बदली रही कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा हुनेछ । महाशाखाले विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना औंल्याएको छ ।

भारी वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमबाट बच्न र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ ।

images
प्रकाशित मिति :श्रावण २२, २०८२ बिहिवार - ०७:०२:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology