Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

कोरियाले भाषा परीक्षा आवेदन मिति सार्वजनिक गर्‍यो

कोरियाले भाषा परीक्षा आवेदन मिति सार्वजनिक गर्‍यो

images

इच्छाकामना न्युज

१८, श्रावण २०८२
कोरियाले भाषा परीक्षा आवेदन मिति सार्वजनिक गर्‍यो
images

काठमाडौँ, १८ साउन : दक्षिण कोरियाले सन् २०२५ का लागि कोरियाली भाषा परीक्षा सञ्चालन गर्ने भएको छ । कोरियाली मानव संसाधन विकास सेवा (एचआरडी कोरिया) का अनुसार परीक्षा आवेदन यही साउन २६ देखि ३१ गतेसम्म खुला रहनेछ ।


परीक्षा कुन क्षेत्रका लागि र कति संख्यामा हुने भन्ने विवरण भने हाल सार्वजनिक गरिएको छैन । कोरियाली भाषा अध्ययन गरिरहेका नेपाली युवा लामो समयदेखि परीक्षा पर्खिरहेका छन् ।


दक्षिण कोरिया उत्पादन, कृषि, पानीजहाज निर्माणजस्ता क्षेत्रका लागि नेपालबाट श्रमिक लैजाँदै आएको छ । सन् २००८ देखि लागू इपिएस प्रणालीमार्फत हाल वार्षिक झण्डै १० हजार नेपाली श्रमिक पठाइँदै आएको छ ।

images
प्रकाशित मिति :श्रावण १८, २०८२ आइतवार - २३:१९:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology