Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

नारायणी 'सिग्नेचर ब्रिज' : चार वर्षको सम्झौता, २७ महिनासम्म डिजाइनमै अल्झियो निर्माण कम्पनी

नारायणी 'सिग्नेचर ब्रिज' : चार वर्षको सम्झौता, २७ महिनासम्म डिजाइनमै अल्झियो निर्माण कम्पनी

images

इच्छाकामना न्युज

१५, श्रावण २०८२
नारायणी 'सिग्नेचर ब्रिज' : चार वर्षको सम्झौता, २७ महिनासम्म डिजाइनमै अल्झियो निर्माण कम्पनी
images

चितवन । चितवन र नवलपरासीको गैँडाकोट जोड्ने नारायणी नदीमा बनाउने भनिएको ‘सिग्नेचर ब्रिज’को हालसम्म डिजाइन नै तयार हुन सकेको छैन । ४८ महिनामा निर्माण सम्पन्न गर्नेगरी ठेक्का पाएको तुँदी कन्स्ट्रक्सन प्रालिले २७ महिनासम्म डिजाइन नै तयार गर्न नसकेको हो । 

२०८० वैशाख दोस्रो साता ठेक्का पाएको तुँदी कन्स्ट्रक्सनले अहिलेसम्म पनि डिजाइनकै काम गरिरहेको छ । ४८ महिना(चार वर्ष)मा निर्माण सम्पन्न गर्नेगरी १ अर्ब ६८ करोडमा तुँदीसँग सम्झौता भएको थियो । जसमा १२ महिनाभित्रै पुलको डिजाइन तयार गर्ने र ३६ महिनामा निर्माण गर्ने सम्झौता थियो । तर, सम्झौता भएको २७ महिना बितिसक्दा पनि तुँदी कन्स्ट्रक्सनले सडक विभागमा डिजाइन पेस गरेको छैन । 
एक वर्षअघि (२०८१ वैशाख ३१ गते) तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले सिग्नेचर पुलको शिलान्यास गरेका थिए । पुलको ठेक्का भने एक वर्षअघि २०८० वैशाखमै लागेको थियो । पुल निर्माण गर्न १ अर्ब ६८ करोड ७६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

अत्याधुनिक पुल निर्माण हुने भएकाले डिजाइनमा समय लागेको सडक डिभिजन भरतपुरका ई. अर्जुन घिमिरेले बताए । चिनिया प्रोफेसरले नै डिजाइन हेरिरहेको र साउन अन्तिमसम्म डिजाइन बुझाउने कन्ट्रयाक्टरले जानकारी दिएको उनको भनाइ छ । 

‘पुलको डिजाइन बनाउने काम भइरहेको छ । निकै जटिल खालको डिजाइन भएकोले केही समय लागेजस्तो देखिएको हो,’ उनले भने, ‘यही साउन अन्तिमसम्म डिजाइन तयार गरेर पेस गर्ने कन्स्ट्रक्सन कम्पनीको भनाइ छ ।’ 

पुलको डिजाइन निर्माण कम्पनीले नै गर्ने छ । नयाँ बन्ने सिग्नेचर पुल हाल नारायणीमा सञ्चालन भइरहेको ४२० मिटर लम्बाइकै हुनेछ । पुलको चौडाइ फुटपाथबाहेक साढे सात मिटर र साढे तीन मिटरको हुनेछ । 

बिचमा २१० मिटरको दुरीमा दुइटा मुख्य पिल्लर खडा गरेर आकर्षक सिग्नेचर डिजाइनमा पुल निर्माण गरिने सम्झौतामा उल्लेख छ ।

‘डलब पाइलन केबल स्टेड ब्रिज’ टाइपमा निर्माण हुने उक्त पुलको डिजाइन चीनको टोन्जी विश्वविद्यालयका प्रोफेसर डा. देवेई चेनले रिभ्यू गरिरहेका छन् । अहिले कर्णालीमा निर्माण भएको पुलजस्तै बन्ने यो पुलमा दुई पाइलन अर्थात् दुई ठाउँमा खम्बा हुनेछन् ।

पुलको डिजाइन रिभ्यू भइरहेको र डिजाइन पेस गर्ने अन्तिम स्टेजमा रहेको सडक विभाग पुल महाशाखा प्रमुख तथा उपनिर्देशक ललिजन खनालले लोकान्तरलाई बताए । ‘धेरै नै समय लगाएपछि हामीले जसरी पनि यही साउनभित्रै डिजाइन पेस गर्न निर्देशन दिएका थियौं साउनभित्रै डिजाइन पेस नगरे ठेक्का रद्द गर्ने चेतावनी दिएका थियौं,’ उनले भने, ‘अहिले डिजाइनको रिभ्यू फाइनल स्टेजमा पुगिसकेको छ । सम्भवत: साउन अन्तिमसम्म पेस भएपछि भदौ महिनाभित्रै हामीले डिजाइन पास गरिसक्नुपर्छ ।’ 

नारायणीमा पुल निर्माणका लागि बजेट अभाव नभएकोले काम तीव्र रूपमा अगाडि बढाइने उनको भनाइ छ । भदौभित्र जसरी पनि विभागले पुलको डिजाइन स्वीकृत गरिसक्ने उनले बताए । 

पूर्वपश्चिम राजमार्गमा बन्ने पुलले भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिकालाई जोड्नेछ । हाल नारायणी नदीमा रहेको एक मात्र पुल करिब ४४ वर्ष पुरानो भइसकेको छ । २०३८ सालमा नारायणी नदीमा पुल निर्माण गरिएको थियो । ४४ वर्ष पूरानो नारायणी नदीमा रहेको पुल अहिले जीर्ण हुँदै गएको छ ।

images
प्रकाशित मिति :श्रावण १५, २०८२ बिहिवार - १०:५७:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology