Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

चीन सरकारले ३ सन्तान जन्माउनेलाई १५०० डलर दिने

चीन सरकारले ३ सन्तान जन्माउनेलाई १५०० डलर दिने

images

एजेन्सी

१४, श्रावण २०८२
चीन सरकारले ३ सन्तान जन्माउनेलाई १५०० डलर दिने
images

चीन । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले तीन बच्चा जन्माउने अभिभावकलाई प्रतिसन्तान ५०० डलर (६९ हजारभन्दा बढी नेपाली रुपैयाँ) अनुदान दिने भएको छ।

चीनको सरकारी मिडियाका अनुसार चीन सरकारले जन्मदर बढाउन सोमबार उक्त नीति घोषणा गरेको हो। चीनले अब तीन वर्षमुनिका बच्चाका लागि अभिभावकलाई प्रतिबच्चा वार्षिक ५०० डलर अनुदान दिनेछ। यस हिसाबले हरेक वर्ष उनीहरूले १५०० डलरसम्म अनुदान पाउनेछन्।

चीनको यो नीतिले लगभग २ करोड परिवारलाई आफ्ना बच्चाको पालनपोषणमा मद्दत हुने बताइएको छ। चीन घट्दो जन्मदर संकटको सामना गरिरहेको छ। यसैले चीनले एकभन्दा बढी बच्चा जन्माउनेलाई अनुदानको घोषणा गरेको हो। जन्मदर बढाउन चीनले लगभग एक दशकअघि एउटा बच्चा जन्माउने नीति समाप्त गरिसकेको छ। यसपछि पनि जन्मदर घट्दै गइरहेको छ।

images
प्रकाशित मिति :श्रावण १४, २०८२ बुधवार - ०७:४४:०१ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology