Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

डा रेमबहादुर गुरूङलाई सम्झिए चितवने गुरूङहरुले 

डा रेमबहादुर गुरूङलाई सम्झिए चितवने गुरूङहरुले 

images

इच्छाकामना न्युज

१२, श्रावण २०८२
डा रेमबहादुर गुरूङलाई सम्झिए चितवने गुरूङहरुले 
images

भरतपुर । तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् चितवनले तत्कालीन तमू छोँज धीँका अध्यक्ष तथा तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद संरक्षक परिषदका पूर्वअध्यक्ष डा रेमबहादुर गुरूङको विगतलाई सम्झिने प्रयास गरेको छ । स्व.डा गुरूङको १५औँ स्मृति सभाका क्रममा गुरूङ समुदाय यहाँसम्म आउनुमा डा रेमको भूमिका महत्त्वपूर्ण रहेको भन्दै तमू समुदायका अगुवाहरुले विगतलाई बिर्सन नहुने बताए । 

तमू ह्युल छोँज धीँ चितवनका पूर्वअध्यक्ष चन्द्रमान गुरूङले डा रेमबहादुर गुरूङको शेषपछि दोस्रो व्यक्तिको जन्म हुनै बाँकी रहेको बताए । ‘तमू समुदायको लागि डा रेमले जति काम गर्नुभयो । त्यसपछि मैले त्यत्तिको योगदान दिन सक्ने व्यक्ति भेटेको जस्तो लाग्दैन,’ उनले भने, ‘अबको नयाँ पुस्ताले तमू समुदायलाई कता लैजाने भन्ने विषयमा सोच्नु पर्छ ।’ कुनै पनि व्यक्ति संघसंस्थाको नेतृत्वमा पुगिसकेपछि पक्षपिवक्ष हेर्न नहुने उनको तर्क थियो । 

तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद चितवनकी अध्यक्ष विमलादेवी गुरूङले डा रेमबहादुर गुरूङलाई तमू ह्युल छोँज धीँको चितवन जिल्लाले तमू समुदायकै एक जना कर्मठ योद्धा गुमाएको बताइन् । देशभर आ–आफ्नो तरिकाले संघसंगठन खोलेर बसेका तमूहरुलाई एउटै छातामुनि ल्याएर तमू समुदायलाई सत्मार्गमा हिँड्न सिकाउने व्यक्तिको इतिहासलाई वर्तमानले बिर्सन नहुने भन्दै तमू ह्युल छोँज धीँको चितवन जिल्ला समितिले विगतदेखि नै सम्झिने प्रयास गर्दै आएको उनले बताइन् । 

‘स्व. डा रेमकै कारण आज हामी यो स्थानमा उभिन सकेका छौँ,’ उनले भने, ‘भोलिको पुस्ताले पनि डा रेमको योगदानलाई बिर्सनु हुँदैन ।’ डा रेमजस्तै व्यक्तिका कारण तमू समुदायको नेतृत्वमा बसेर खुट्टा दह्रो बनाउने प्रयास गर्दै आएको उनको भनाइ छ । सत्कर्म गर्ने जोसुकै व्यक्तिलाई शेषपछि पनि मानवजगतले सम्झिइरहने बताउँदै उनले भनिन्, ‘म आज तमू ह्युल छोँज धीँको नेतृत्वमा रहँदै गर्दा समुदायलाई माथि उकास्न नसके पनि बर्बाद हुनबाट जोगाउन सक्छु भन्ने प्रेरणा मिलेको छ ।’ 

कार्यक्रममा तमू ह्युल छोँज धीँका निवर्तमान केन्द्रीय सचिव सन्तलाल गुरूङ, केन्द्रीय सदस्य नारायणसिंह गुरूङ, तमू ह्युल छोँज धीँका सल्लाहकार शारदा गुरूङ, तमूस्यो ह्युल छोँज धीँ चितवनकी अध्यक्ष सीतादेवी गुरूङलगायत विभिन्न संघसंस्था एवम् तमू ह्युल छोँज धीँका विभिन्न इकाइका प्रतिनिधिहरु सहभागी थिए ।

images
प्रकाशित मिति :श्रावण १२, २०८२ सोमवार - ०९:००:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology