काठमाण्डौ । गएराति केही ठाउँमा सामान्य वर्षा भएको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै पश्चिम रुकुममा १९ मिलिमिटर र ताप्लेजुङमा १८.४ मिलिमिटर पानी परेको छ । अरु ठाउँमा खासै पानी परेन ।
आज दिउँसो भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अरु ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।