Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

रौतहटका पत्रकार रवीन्द्र प्रजापतिले गरे आत्महत्या, मेयरको धम्कीपछि तनावमा थिए

रौतहटका पत्रकार रवीन्द्र प्रजापतिले गरे आत्महत्या, मेयरको धम्कीपछि तनावमा थिए

इच्छाकामना न्युज

४, श्रावण २०८२
रौतहटका पत्रकार रवीन्द्र प्रजापतिले गरे आत्महत्या, मेयरको धम्कीपछि तनावमा थिए
images

काठमाण्डु । रौतहटका पत्रकार रवीन्द्र प्रजापतिले आत्महत्या गरेका छन् । कटहरिया नगरपालिका–५ का अन्दाजी ३० वर्षीय पत्रकार प्रजापति शनिवार बेलुका घरमै झुण्डिएका हुन् । प्रजापति आफ्नै सुत्ने कोठाको झ्यालको रडमा पासो लगाएको अवस्थामा फेला परेका हुन् ।

images
images

झुण्डिएको पासो काटेर उनलाई परिवारले अस्पताल लगेको थियो। तर अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीका अनुसार मृतक प्रजापतिको शव पोस्टमार्टका लागि गौर अस्पतालमा राखिएको छ ।

पत्रकार प्रजापति गरुडा म्यूजिकल एफएममा कार्यरत थिए । उनी रेडियोमा समाचार वाचन पनि गर्थे । उनले कटहरिया नगरपालिकाका मेयर अजयप्रकाश जयसवालबाट बारम्बार धम्की खेपिरहेका थिए ।

खानेपानी समस्या सम्बन्धी समाचार लेखेका कारण उनलाई केहीदिन अगाडि मेयर जयसवालले धम्की दिँदै गालीगलौज गरेका थिए ।

मेयर जयसवालले दिएको धम्कीका कारण पत्रकार प्रजापति तनावमा थिए । डरले घरबाट उनी बाहिर निस्किन सकेका थिएन् । त्यसैले पनि उनको आत्महत्यामा मेयरले दिएको धम्की मुख्य कारण रहेको स्थानीय बताउँछन् ।

मेयर जयसवालले पत्रकार प्रजापतिलाई दिएको धम्कीविरुद्ध प्रेस चौतारी रौतहट शाखाले गत जेष्ठ २९ मा विज्ञप्ती समेत जारी गरेको थियो ।

गरुडाका डीएसपी राजन कार्कीले मृतक पत्रकार प्रजापतिलाई मेयर जयसवालले धम्की दिएको विषयमा थाहा नभएको बताए । उनले भने, ‘मेयरले धम्की दिएको थियो भन्ने कुरा थाहा भएन । घटनाको अनुसन्धान भइरहेको छ ।’

images
प्रकाशित मिति :श्रावण ४, २०८२ आइतवार - ०९:२१:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology