Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

९७ प्रतिशत गाउँपालिकाले ल्याए समयमै बजेट, १२ वटा अझै बाँकी

९७ प्रतिशत गाउँपालिकाले ल्याए समयमै बजेट, १२ वटा अझै बाँकी

images

इच्छाकामना न्युज

१, श्रावण २०८२
९७ प्रतिशत गाउँपालिकाले ल्याए समयमै बजेट, १२ वटा अझै बाँकी
images

काठमाडाैं | साउन १ । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले देशभरका ४६० गाउँपालिकामध्ये ९७ प्रतिशतले आर्थिक वर्ष २०८२/८३ का लागि आषाढ मसान्तभित्र नीति, कार्यक्रम र बजेट स्वीकृत गरेको जनाएको छ।

महासंघद्वारा बुधबार जारी गरिएको प्रेस विज्ञप्तिअनुसार कुल ४४८ गाउँपालिकाले संविधान र संघीय कानुनअनुसार समयमै बजेट पारित गरेका हुन्। तर, बाँकी १२ गाउँपालिकामा भने अझै बजेट स्वीकृत हुन सकेको छैन।

महासंघका अनुसार बजेट पारित गर्न नसक्नुका पछाडि विभिन्न कारणहरू छन्। केही गाउँपालिकामा अध्यक्ष अस्वस्थ भएर कार्यक्षेत्र बाहिर रहेका छन् भने कतिपयमा प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थिती, जनप्रतिनिधिहरूबीचको आपसी विवाद र बजेट विनियोजनको विषयमा देखिएको मतभेदले गर्दा समयमै बजेट पारित हुन सकेको छैन।

महासंघका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, 'स्थानीय सरकारको सार्वजनिक वित्त व्यवस्थापन प्रणाली प्रभावकारी बनाउन र वित्तीय अनुशासन कायम राख्न बाँकी गाउँपालिकाहरूले यथाशीघ्र गाउँसभा सञ्चालन गरी बजेट पारित गर्नुपर्ने आवश्यकता छ।'

प्रदेशगत विवरण हेर्दा कोशी, गण्डकी र कर्णाली प्रदेशका सबै गाउँपालिकाले समयमै बजेट स्वीकृत गरेका छन्। लुम्बिनीमा १, बागमतीमा २, सुदूरपश्चिममा १ र मधेश प्रदेशमा ८ वटा गाउँपालिकाले मात्र आषाढ मसान्तसम्म बजेट पारित गर्न सकेनन्।

समग्रमा ४६० गाउँपालिकामध्ये ४४५ गाउँपालिकाले आषाढ १० गतेभित्र बजेट पेश गरेका थिए। तीमध्ये ४४८ वटा गाउँपालिकाले समयमै बजेट पारित गरेका हुन्।

images
प्रकाशित मिति :श्रावण १, २०८२ बिहिवार - ०९:०७:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology