Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

म्याग्दे को एक विद्यालयलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग

म्याग्दे को एक विद्यालयलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग

इच्छाकामना न्युज

२६, आषाढ २०८२
म्याग्दे को एक विद्यालयलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
images

(तनहुँ),  असार २६ गते ।  नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यहाँको एक विद्यालयलाई सहयोग गरेको छ । गत जेठमा म्याग्दे गाउँपालिका–४ थर्पुस्थित मीन माध्यमिक विद्यालय भवनको छानो हुरीले उडाएपछि अध्ययन–अध्यापन प्रभावित भएको जानकारी पाएपछि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले रु एक लाख खर्चेर विद्यालयलाई टिनको छानो हालिदिएको  हो । 

images
images

विद्यालयका प्रधानाध्यापक राजेन्द्र भण्डारीका अनुसार विद्यालयको १२ कोठे भवनमा ट्रस राखेर छानो हालिएको छ । यसअघि  ढुङ्गाको छानो थियो । त्यसलाई नै निरन्तरता दिँदा दुर्घटनाको जोखिम भएकाले ढुङ्गाको सट्टा टिन प्रयोग गरिएको उहाँले बताउनुभयो । रासस

images
प्रकाशित मिति :आषाढ २६, २०८२ बिहिवार - १०:११:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology