Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ प्रहरी घाइते

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ प्रहरी घाइते

इच्छाकामना न्युज

२०, आषाढ २०८२
सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ प्रहरी घाइते
images

जनकपुरधाम । धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त भएको छ । भिडन्तको क्रममा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् । घाइते सशस्त्र प्रहरीहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

images
images

स्थिति नियन्त्रणमा लिने क्रममा चार राउड हवाई फायर र १३ सेल अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ ।

 

धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीस्थित नेपाल–भारत सीमा नजिक भिडन्त भएको हो । धनुषाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निर्मल खड्काका अनुसार बिहीबार साँझ ७ बजेतिर तस्करीको समान भित्राएर आँप बगैँचामा राखेको भन्ने सूचना पाएपछि सशस्त्र प्रहरीको ३० जनाको पुगेको थियो । सशस्त्र प्रहरी पुगेलगत्तै तस्करहरुको समूहले घरेलु हतियार, भाटा र ढुंगामुढासहित प्रहरीमाथि आक्रमण गरेका थिए ।

सो क्रममा जवाफी कारबाही गर्ने क्रममा सशस्त्र प्रहरीले १३ राउण्ड अश्रुग्यास र चार राउण्ड हवाई फायर गर्नुपरेको एसपी खड्काले बताए ।

images
प्रकाशित मिति :आषाढ २०, २०८२ शुक्रवार - ०९:२६:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology