Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

पेट्रोलमा ५ तथा डिजेल र मट्टीतेलमा ४ रुपैयाँ मुल्य बढ्यो

पेट्रोलमा ५ तथा डिजेल र मट्टीतेलमा ४ रुपैयाँ मुल्य बढ्यो

images

इच्छाकामना न्युज

१७, आषाढ २०८२
पेट्रोलमा ५ तथा डिजेल र मट्टीतेलमा ४ रुपैयाँ मुल्य बढ्यो
images

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य बढाएको छ ।

इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार आजदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ भाउ बढेको निगमले जनाएको छ । एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।

मुल्य बढेपछि काठमाडौं , पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको मुल्य एक सय ६५ रुपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ एक सय ४९ रुपैयाँ पुगेको छ । यस्तै सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको  मुल्य एक सय ६४ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मुल्य एक सय ४८ रुपैयाँ पुगेको छ ।

विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा भने पेट्रोलको मुल्य एक सय ६२ रुपैयाँ ५० पैसा तथा मट्टीतेल र डिजेलको मुल्य एक सय ४६ रुपैयाँ ५० पैसा पुगेको छ । यसैगरी हवाइ इन्धनको मुल्य पनि आन्तरिकतर्फ प्रतिलिटर सात रूपैयाँले तथा अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ५१ डलरले बढेको छ ।

images
प्रकाशित मिति :आषाढ १७, २०८२ मंगलवार - ०९:१५:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology