Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

एएफसी महिला एशियन कप छनोटमा नेपाल र लाओस खेल्दै

एएफसी महिला एशियन कप छनोटमा नेपाल र लाओस खेल्दै

images

इच्छाकामना न्युज

१५, आषाढ २०८२
एएफसी महिला एशियन कप छनोटमा नेपाल र लाओस खेल्दै
images

काठमाण्डु । एएफसी महिला एशियन कप २०२६ को छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा आइतबार नेपालले लाओससँग खेल्दैछ । खेल उज्वेकिस्तानको तास्केन्तमा रहेको बुनयोदकोर रङ्गशालामा नेपाली समयअनुसार बेलुका सवा ६ बजे शुरु हुनेछ ।

महिला फुटबलमा नेपालले लाओससँग पहिलो पटक खेल्न लागेको हो । पछिल्लो फिफा वरियतामा नेपाल एक सयौं स्थानमा रहँदा लाओस एक सय सातौं स्थानमा छ । अन्तर्राष्ट्रिय महिला फुटबल खेल्न थालेको चार दशकमा नेपाली महिला टोलीले लाओससँगको खेलबाटै एक सयौं खेल पूरा गर्दैछ । नेपाल रहेको समूह ‘एफ’ मा आयोजक उज्वेकिस्तानले पनि आइतबार नै श्रीलङ्कासँग खेल्दैछ ।

नेपालका नवनियुक्त मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डले शनिबार आयोजित खेलअघिको पत्रकार सम्मेलनमा नेपाली टोली शारीरिक र मानसिक रूपमा तयार रहेको बताएका छन् । सावित्रा भण्डारी साम्बाले पनि हरेक खेल महत्वपूर्ण हुने र पहिलो खेलदेखि नै राम्रो खेल्नुपर्ने बताएकी छन् ।

यस्तै नेपालले दोस्रो खेलमा असार १८ गते बुधवार श्रीलङ्का र समूह चरणको तेस्रो तथा अन्तिम खेलमा असार २१ गते शनिवार उज्वेकिस्तानसँग खेल्नेछ । महिला एशियन कप छनोटमा ३४ वटा टोलीलाई आठ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेताले आउँदो वर्ष अस्ट्रेलियामा हुने एशियन कप खेल्नेछन् । १२ वटा टोली सहभागी हुने प्रतियोगितामा आयोजक अस्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापान छनोट भइसकेका छन् ।

images
प्रकाशित मिति :आषाढ १५, २०८२ आइतवार - ०८:५६:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology