Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

देशभर मनसुनी प्रभाव कायम,केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी प्रभाव कायम,केही क्षेत्रमा भारी वर्षाको सम्भावना

images

इच्छाकामना न्युज

१३, आषाढ २०८२
देशभर मनसुनी प्रभाव कायम,केही क्षेत्रमा भारी वर्षाको सम्भावना
images

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेकाले अधिकांश भू–भागमा आंशिकदेखि साधरणतया बदलीको अवस्था छ ।

आज दिउँसो देशका पहाडी क्षेत्रहरूमा सामान्य बदली रहनेछ भने अन्य भागमा आंशिकदेखि साधरणतया बदलीको अवस्था रहने महाशाखाले जनाएको छ ।

गण्डकी, लुम्बिनी,कर्णाली, सुदूरपश्चिम र कोशी तथा बागमती प्रदेशका पहाडी क्षेत्रका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, गण्डकी,लुम्बिनी,कर्णाली,सुदूरपश्चिम, कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

आज राति पनि देशभर आंशिकदेखि साधारण बदली रहनेछ भने कोशी,बागमती,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना महाशाखाले जनाएको छ ।

साथै,राति कोशी, गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ ।

images
प्रकाशित मिति :आषाढ १३, २०८२ शुक्रवार - ०९:२७:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology