Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

काठमाण्डु, गोरखा र कपिलवस्तुका नदी आसपासमा बाढीको जोखिम

काठमाण्डु, गोरखा र कपिलवस्तुका नदी आसपासमा बाढीको जोखिम

images

इच्छाकामना न्युज

९, आषाढ २०८२
काठमाण्डु, गोरखा र कपिलवस्तुका नदी आसपासमा बाढीको जोखिम
images

काठमाण्डु । काठमाण्डु उपत्यकासहित देशका केही ठाउँमा ठूलो पानी पर्दा त्यस आसपासका क्षेत्रमा बाढीको जोखिम बढेको छ ।

यस्तै, पछिल्लो ३ घण्टामा कपिलवस्तु, दाङ, नवलपरासी, पाल्पा, चितवन, गोरखा, उदयपुर, बारा, सिराहा, सप्तरी लगायतका ठाउँमा ठूलो पानी परेको छ ।

कपिलवस्तुको सुरई खोलालगायत अरु साना खोलामा आकस्मिक बहाव आउन सक्ने भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

मध्यरातको वर्षाले काठमाण्डुको विष्णुमती, बागमती र धोवीखोलामा ठूलो बाढी आए पनि अहिले घटेको छ । नदी किनारको बाटो भई यात्रा गर्ने र नदी तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यस्तै गोरखाको गोरखा एग्रोमेट वर्षामापन केन्द्रमा पनि ठूलो पानी परेकाले त्यस क्षेत्र भई बहने स–साना नदीमा जलसतह केही बढ्न सक्ने भएकाले आसपासका क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले भनेको छ । पानी परिरहेका अरु ठाउँका नदी, खोला आसपासमा पनि सावधानी अपनाउन महाशाखाको आग्रह छ ।

सोमबार दिउँसो पनि कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई ठाउँमा भेलबाढी आउने गरी ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ ९, २०८२ सोमवार - ०८:५२:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology