Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

भारत उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार

भारत उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार

images

इच्छाकामना न्युज

८, आषाढ २०८२
भारत उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार
images

कञ्चनपुर, असार ८ गते । भारतको उत्तराखण्डस्थित उद्यमसिंह नगरमा आकर्षण रोजगारीको प्रलोभनमा परेर बन्धक बनाइएका सुदूरपश्चिमका एकसहित ३५ नेपाली युवालाई सकुशल उद्धार गरिएको छ ।  

आकर्षक रोजगारीको प्रलोभनमा पारी बन्धक बनाइएका डोटीको दिपायल सिलगढी नगरपालिका– १ का १९ वर्षीय प्रेम मल्लसहित ३५ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार डोटीका मल्लसहित ३५ जनालाई विगत लामो समयदेखि उद्यमसिंह नगरमा बन्धक बनाइएको थियो । 

दूतावासले शनिबार जारी गरेको विज्ञप्तिमा ‘परराष्ट्र मन्त्रालयको निर्देशनबमोजिम यस राजदूतावासले उत्तराखण्ड प्रहरी र किन इन्डिया (सामाजिक संस्था)को सहयोगमा यही मिति असार ५ गते ३५ जना नेपालीहरूको सफलतापूर्वक उद्धार गरिएको’ उल्लेख छ । उनीहरूको उद्धार गरी राजदूतावासको संस्थागत समन्वयमा नेपाल ल्याउने तयारी भइरहेको डिएसपी गौतमले जानकारी दिनुभयो ।  

आकर्षक जागिरको प्रलोभनमा नेपालको डोटी, दाङ, ताप्लेजुङ, स्याङ्जा, उदयपुर, पाँचथर, पोखरालगायत जिल्लाका युवालाई त्यहाँ बोलाएर बन्दी बनाइएको थियो । उद्धार गरिएका युवाहरू १६ देखि ४१ वर्ष उमेर समूहका छन् । उनीहरूलाई कुटपिट र यातना दिँदै विभिन्न शीर्षकमा रकम असुल गरिएको खुल्नमा आएको डिएसपी गौतमले बताउनुभयो ।

उक्त घटनामा संलग्न कैलालीको धनगढीका वीरेन्द्र शाही ठकुरी र भारतका दुई जनासहित तीन लाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । भारतको उत्तराखण्डका अरू स्थानमा बन्दी बनाइएका थप नेपालीको खोजी र उद्धार कार्य जारी रहेको डिएसपी गौतमले बताउनुभयो । 

images
प्रकाशित मिति :आषाढ ८, २०८२ आइतवार - १०:३९:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology