Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

टी-२०आई सिरिजको उपाधि स्कटल्याण्डलाई, नेपाल ४३ रनले पराजित

टी-२०आई सिरिजको उपाधि स्कटल्याण्डलाई, नेपाल ४३ रनले पराजित

images

इच्छाकामना न्युज

७, आषाढ २०८२
टी-२०आई सिरिजको उपाधि स्कटल्याण्डलाई, नेपाल ४३ रनले पराजित
images

काठमाण्डु । नेपाललाई हराउँदै स्कटल्याण्डले घरेलु मैदानमा जारी त्रिदेशीय टी–२०आई सिरिजको उपाधि जितेको छ ।
लिग चरण अन्तिम खेलमा नेपाललाई ३४ रनले पराजित गर्दै घरेलु टोली स्कटल्याण्डले उपाधि रक्षा गरेको हो ।

नेपाल र नेदरल्यान्डससँग समान ४ अंक भएको स्कटल्याण्डले रनरेटमा पछि पार्दै उपाधि जितेको हो ।
स्कटल्याण्डले दिएको १९४ रनको लक्ष्य पछ्याएको नेपाल १८ ओभर ५ बलमा १५९ रनमा समेटियो । नेपालका रुपेश सिंहले सर्वाधिक ४३ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन ।

दीपेन्द्रसिंह ऐरी ३४, कप्तान रोहित पौडेल २७, ओपनर कुशल भुर्तेल ४, आसिफ शेख १४, भीम सार्की १२, रिजन ढकाल ५, सन्दीप लामिछाने ० र आरिफ शेख ४ रनमा आउट भए । बलिङमा स्कटल्याण्डका क्रिस ग्रीव्सले ३ र सफायान सरिफले २ विकेट लिए ।

त्यसअघि नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९३ रन बनाएको थियो ।

 

स्कटल्याण्डका लागि जर्ज मुन्र्स र ब्रान्डन म्याकमुलेनले तेस्रो विकेटका लागि शतकीय साझेदारी गरे ।

जर्जले ३९ बलमा ७८ र ब्रान्डनले ३० बलमा ४२ रन बनाए । माइकल लिस्क १७ बलमा २६ र म्याथ्यु क्रस १३ बलमा १७ रनमा अविजित रहे ।

बलिङमा नेपालका कुशल भुर्तेलले २, सन्दीप लामिछाने, ललित राजवंशी र रुपेश सिंहले एकएक विकेट लिए ।

४ अंक रहेको स्कटल्याण्ड ०.६७२ रनरेटसहित शीर्ष स्थानमा रहदै उपाधि जित्यो । समान ४ अंक रहेको नेपालको रनरेट माइनस ०.२९१ र नेदरल्यान्डसको माइनस ०.३८५ छ। नेपाल र नेदरल्यान्डस क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

images
प्रकाशित मिति :आषाढ ७, २०८२ शनिवार - ०८:०७:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology