Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

डेंगु संक्रमण बढ्यो, देशभर कम्तिमा १३ सय विरामी

डेंगु संक्रमण बढ्यो, देशभर कम्तिमा १३ सय विरामी

images

इच्छाकामना न्युज

५, आषाढ २०८२
डेंगु संक्रमण बढ्यो, देशभर कम्तिमा १३ सय विरामी
images

काठमाडौँ, असार ५ । देशभर डेंगु संक्रमण बढेको छ। नेपालभर १३ सयमा डेंगु संक्रमण पुष्टि भएको छ। डेंगु संक्रमण सबै भन्दा बढी बागमती, कोशी र गण्डकी प्रदेशमा देखिएका छन्।

त्यस्तै सबैभन्दा बढी संक्रमित देखिएका जिल्लामा काठमाडौं, कास्की, सुनसरी, झापा, चितवन र पाल्पा जिल्ला रहेका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा कीटजन्य शाखाका प्रमुख डा‍. गोकर्ण दाहालले ७३ जिल्लाका १ हजार ३६० जनामा डेंगु पुष्टि भएको बताएका छन्।

डेंगु संक्रमण सबै भन्दा बढी बागमती, कोशी र गण्डकी प्रदेशमा सबै भन्दा बढी डेंगु सङ्क्रमण पुष्टि भएको छ। तथ्यांक अनुसार बागमतीमा प्रदेशमा ३४८, कोशी प्रदेशमा २८२, गण्डकी प्रदेशमा २३५ जनामा डेंगु पुष्टि भएको छ। त्यसैगरी, लुम्बिनी प्रदेशमा २१५, सुदूरपश्चिम प्रदेशमा १७४, कर्णाली प्रदेशमा ३२ र मधेश प्रदेशमा १८ जनामा डेंगु पुष्टि भएको डा दाहालले जानकारी दिए।

जिल्ला अन्तर्गत काठमाडौँमा सबै भन्दा बढी डेंगु पुष्टि भएको छ। काठमाडौंमा १४०, कास्कीमा ९२, सुनसरीमा ८७, झापामा ८०, चितवनमा ६२, पाल्पामा ६० जनामा डेंगु पुष्टि भएको छ। त्यसैगरी, रुपन्देहीमा ५१, कञ्चनपुरमा ३७, दाङमा ३६, भक्तपुरमा ३० जनामा डेंगु पुष्टि भएको छ।

images
प्रकाशित मिति :आषाढ ५, २०८२ बिहिवार - ०९:५४:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology